स्वर्गीय कुमारी राई स्मृतिपुरस्कारले सम्मानित भइन रीया सुब्बा

23-02-28-namk_731_H@@IGHT_0_W@@IDTH_600.jpg

नाम्ची: सोरेङ जिल्ला अन्तर्गत कलुक लोवर तादोङ प्राथमिक पाठशालाको वार्षिक उत्सवमा रीया सुब्बालाई स्वर्गीय कुमारी राई मेमोरियल ट्रस्ट परिवारले पाठशालाबाट शैक्षिक वर्ष २०२१को निम्ति पाँचौँ श्रेणीमा सर्वोच्च अङ्क प्राप्त गरेबापत् स्वर्गीय कुमारी राई स्मृति पुरस्कारले सम्मानित गरेको छ। कतिपय कारणवश सुब्बालाई विगत वर्षमा सो सम्मान हस्तान्तरण गर्न नसकेको कुरा ट्रस्टका अध्यक्ष सबिन राईले बताए। ज्ञात रहोस ट्रस्ट सबिन राई अनि उनका सपरिवारले उनका आमा स्वर्गीय कुमारी राईको स्मृतिमा स्थापना गरेका हुन्। यस अवसरमा ट्रस्टका अध्यक्ष सबिन राईले विद्यार्थी नानीहरूमा पढाइप्रतिको प्रतिस्पर्धा अनि आफ्नो अध्ययनमा एकाग्रता आवोस् भन्ने उद्देश्य साथै पाठशालामा नानीहरूको भर्ना स्तर वृद्धि होस् भनी सो सम्मान राखिएको जानकारी गराए पारितोषिक राशिसहित प्रमाण पत्र प्रदान। यस वर्षको पाँचौं श्रेणीमा सर्वोच्च अङ्क लिएर उत्तीर्ण गर्ने छात्र आशिष छेत्रीलाई भने ट्रस्टले यो शीतकालिन विदा पश्चात् सो सम्मान प्रदान गर्ने निर्णय लिएको छ। यस अतिरिक्त इजाक सुब्बाले पनि आफ्नो पिता स्वर्गीय पीटी लोक्समको स्मृतिमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थी नानीहरूलाई स्मृति चिन्ह प्रदान गरे जुन स्मृति चिन्हहरू पनि वार्ड पञ्चायत अनि स्कूल प्रबन्धन समितिका सभापतिद्वयको बाहुलीबाट प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement