गान्तोक: सन्ध्या गुरूङ गुरु दोर्णाचार्य पुरस्कारले सम्मानित भइसकेकी छिन्। उनैको अगुवाईमा सिक्किम राज्य टोलीले भोपालमा हुने ‘छैटौ इलाइट राष्ट्रिय महिला बक्सिङ प्रतियोगिता’ मा भाग लिनेछन्। यस प्रतियोगिता १९ दिसम्बरदेखि शुरू भएर २७ दिसम्बरसम्म हुनेछ। सिक्किम अमेचुअर बक्सिङ एसोसिएशन (साबा) ले यस प्रतियोगिताका लागि चयन परीक्षणमा पाँच जना महिला बक्सरलाई चयनित गरेको छ। बक्सिङ फेडरेशन अफ् इण्डियाको यो वार्षिक कार्यक्रम हो। यस प्रतियोगिताको आयोजना मध्य प्रदेश बक्सिङ एसोसिएशनको सहयोगमा आयोजन गरिँदैछ ।यस प्रतियोगिताका लागि सिक्किम टीममा यशिका राई, पेमलाकी भोटिया, पूर्णिमा सुब्बा र शर्मिला राई सामेल छन्। सन्ध्या गुरूङ टीम प्रशिक्षक रहेकी छिन् भने ग्रेसी राई प्रबन्धक रहेकी छिन्। टीम सिक्किम हिजो पुगिसकेका छन्। साबाले टीम सिक्किमलाई प्रतियोगिताको निम्ति शुभकामना व्यक्त गरेको छ।







