सीपीआईएमका दुइजना कार्यकर्ता नर्सिङ होम तोडफोड घटनामा पक्रा परेका छन् उनीहरु निर्दोष छन्: समन पाठक

IMG_20221220_223210.png

सिलगढी: सिलगढीको नर्सिङ होममा तोडफोडको घटनामा सीपीआईए का दुईजना नेतालाई पक्राउ गरेको थियो।यो घटनालाई लिएर दार्जिलिङ जिल्ला वामफ्रन्टले क्षोभ प्रकट गर्दै घटनाको प्रतिवादमा वृहत्तर आन्दोलन गर्ने चेताउनी दिएको छ। भक्तिनगरको भुपेन्द्रनगर इलाकामा रहेको नर्सिङ होममा एकजना युवकको मृत्यु भएपछि नर्सिङहोमले उपचारमा लापर्वाही गरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले नर्सिङहोममा तोडफोड गरेको आरोप रहेको छ। यस घटनामा पुलिसले सुरेन्द्र शर्मा र बुलेट सिंह नाम गरेको सीपीआईएम- का दुइजना सक्रिय कार्यकर्तालाई पक्राउ गरेको छ। पक्रा परेका दुइजना नर्सिङ होम तोडफोड गरेको घटनामा संलग्न नरहेको दार्जिलिङ जिल्ला समतलका सीपीएम सचिव समन पाठक र जिल्ला वामफ्रन्टका संयोजक जीवेश सरकारले पत्रकार सम्मेलन गरेर दावी गरेका छन्। जिल्ला वामफ्रन्टको तर्फबाट आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पुलिसले केवल राजनीतिक फाइदाको लागि मात्र ती दुइजनालाई पक्राउ गरेको आरोप लगाए। वास्तवमा ती दुइजनाले नर्सिङ होम तोडफोड गर्नेहरूलाई रोक्ने प्रयास गरिरहेको समन पाठक र जीवेश सरकारले दावी गरेका छन्। यस अवसरमा समन पाठकले भने, पक्राउ परेका दुइजना सीपीएमको सक्रिय कार्यकर्ता हुन्। राजनीतिक स्वार्थ नभएको भए पुलिसले ती दुइजनालाई मात्र पक्राउ गर्ने थिएन। तिनीहरूलाई पक्राउ गरेको प्रतिवादमा वामफ्रन्टले आन्दोलन गर्नेछ। अर्कोतिर, आज बिहानै सीपीआईएम का दुइजना नेतालाई पक्राउ गरेकोमा सीपीआईएमका नेता तथा कार्यकर्ताहरूले प्रतिवाद जनाउँदै भक्तिनगर थाना घेराउ गरेर विक्षोभ प्रदर्शन पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement