राजगञ्ज: दुइ जना महिला पाइप लाइनको खाडलबाट माटो लिन जाँदा माटोमा पुरिंदा गम्भीर रूपमा घाइते भएकी छन्।यो घटना आज राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत लक्ष्मीजामादारगछ इलाकामा घटेको हो। घटनापछि घाइते महिलाहरूलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ। जानकारी अनुसार राजगञ्जको लक्ष्मीजामादारगछ इलाकामा ग्यास पाइप लाइनको खनन काम चलिरहेको छ। आज बलराम पावरग्रीड इलाकाको तीनजना महिला पाइप लाइनको खाडलबाट माटो लिन गएको समय दुर्घटनावंश दुइ जना महिलामा माटोमा पुरेपछि अन्य महिलाको चिच्याएको आवाज सुनेपछि छेउछाउका मानिसहरू घटनास्थलमा पुगेर केही समयको प्रयासपछि ती दुई महिलालाई खाडलबाट बाहिर निकाले। स्थानीय मानिसहरूले बताए अनुसार ग्यास पाइप लाइनको लागि धेरै समय अघिदेखि खाडल खनन गरेर राखिएको छ। पाइप लाइन बिछ्याए तापनि उक्त खाडललाई पुरिएको छैन। इलाकाको महिलाहरू चुल्हा बनाउनको लागि माटो लिन आउने गर्छिन्। आज पनि केही महिलाहरू माटो लिन आएको समय उक्त घटना घटेको हो खेलिरहेको समय पनि उक्त खाडलमा केही नानीहरू पुरिने सम्भावना रहेकोले चाँडै उक्त खाडललाई पुर्नु आवश्यक रहेको छ।







