सिलगढीमा सत्यजीत राय चलचित्र उत्सव १२ जनवरीदेखि शुरू

IMG_20221220_223808.jpg

सिलगढी: आगामी १२ जनवरीदेखि सूचना अनि संस्कृति विभाग र दीनबन्धु मञ्च सल्लाहकार समितिको संयुक्त पहलमा सिलगढीको दीनबन्धु मञ्चमा सत्यजित राय चलचित्र उत्सवको आयोजना गरिने भएको छ। उक्त उत्सव आगामी २१ जनवरीसम्म चल्नेछ। यस चलचित्र उत्सवमा सत्यजीत रायले निर्माण गरेको मोठ २० वटा चलचित्र दर्शकहरूलाई देखाइनेछ। यसको साथै रामकिङ्कर हलमा सत्यजीत रायको चलचित्रको प्रदर्शनी गरिनेछ। पीडब्ल्यूडी बङ्ग्लोमा आज दीनबन्ध मञ्चको सल्लाहकार कमिटीको तर्फबाट एउटा पत्रकार सम्मेलनको आयोजना गरियो। कमिटीको तर्फबाट गौतम देवले भने, सत्यजित राय चलचित्र उत्सवको विशिष्ट चलचित्र निर्माता सत्यजीत रायका छोरा सन्दीप राय र नृत्यकार ममता शंकरले उद्घाटन गर्नेछन्। उत्सवको समापन समारोहमा बलीउड र टलिउडका चर्चित अभिनेत्री शर्मिला टैगोर पनि उपस्थित रहनेछिन्। चलचित्र उत्सवलाई सार्थक बनाउन सिलगढीमा रङ्गारङ्ग शोभायात्रा पनि निकालिइने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement