कोलकता– फेरि एकपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी भेटघाट गर्न गइरहेकी छन्। यसघटक बैठक कोलकतामा हुनेछ। राज्य प्रशासन सूत्रअनुसार आगामी ३० दिसम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय गंगा परिषद्को बैठकका लागि कोलकता आउन सक्छन्। प्रधानमन्त्री यस परिषद्का अध्यक्ष हुन् । यसमा मुख्यमन्त्री ममता ब्यानर्जी पनि सदस्यको रूपमा सामेल छन् । धेरै कार्यक्रमहरू हुनेछन् यसकारण यसमा मुख्यमन्त्री पनि सामेल हुने लगभग तय छ। यदि प्रधानमन्त्री आए भने ममतासँग उनको अलग्गै बैठक हुनेछ जसमा पश्चिम बंगालले पाउनुपर्ने रकमको बारेमा चर्चा हुनसक्छ।
खास कुरा के छ भने मुख्यमन्त्री ममता ब्यानर्जीका भतिजा अभिषेक ब्यानर्जी र उनकी श्रीमती रुजीरा विरुद्ध केन्द्रीय एजेन्सीहरू जब जाँचको गति बढाउँछन् तब ममता दिल्ली गएर पीएमसँग भेट गर्छिन् र यता केन्द्रीय एजेन्सीहरूको गति पनि कम हुनेगर्छ । अब एकपल्ट फेरि बंगाल भाजपाका सबै सांसद र नेता प्रतिपक्ष शुभेन्दु अधिकारी दिल्लीमा छन्। त्यहाँ तृणमूलविरुद्ध जाँच तेज गर्ने साथै चुनावी रणनीतिमा बैठक भएको छ । यसैबीच ममता र प्रधानमन्त्रीबीच फेरि एकपल्ट हुने भेटले नयाँ राजनीतिक समीकरणलाई बल दिइरहेको छ।







