भरतको पक्षमा खड़ा भए हाम्रो युवा समूह

IMG-20221220-WA0216.jpg

शिलान्यास भईसकेको बाटोको निर्माण कार्य किन भएको छैन: राब्गे राई

दार्जीलिङ: भरत तामाङको पक्षमा खड़ा भए हाम्रो पार्टीको युवा समूह। सोम चिया बगान जाने बाटोको जीर्णद्वार अविलम्ब गरिनु पर्ने मांग गर्दै समाज सेवी भरत तामाङ गत केही दिन अघिदेखि धरनामा बसेका छन्। हाम्रो पार्टीको युवा एकाई अर्थात् हाम्रो युवा समूहको कार्यकर्ताहरु आज भरत तामाङसंग भेट गर्न धरना स्थलमा पुग्यो।यस अवधि हाम्रो पार्टी समूहको पक्षबाट राब्गे राई, हाम्रो पार्टीको टाउन कमिटि प्रबक्ता नोरा सुब्बा, केन्द्रीय कमिटि सदस्य आशिष छेत्री, सुभम तामाङ, नीमा शेर्पा, हाम्रो पार्टीको सोम समष्टि संयोजक नित्यम राई आदि सामेल थिए।हाम्रो युवा समूहको प्रतिनिधि टोलीले पार्टी अध्यक्ष अजय एडवार्डसद्वारा पठाएको सर-समाग्रीहरू चामल, तेल, चिनी, चिया पत्ती, कोइला आदि सामाग्रीहरू साथै दबाईहरु धरनामा बसेका समाज सेवी भरत तामाङलाई सुम्पिए।हाम्रो पार्टीको युवा समूहको प्रतिनिधि टोलीले धरनामा बसेका समाज सेवी भरत तामाङलाई खदा लगाउँदै आफूहरू तपाईको साथमा छौ भन्ने बताए।हाम्रो युवा समूहको कार्यकर्ता राब्गे राईले उपस्थित भीड़लाई सम्बोधन गर्दै गत २०२० मा सोम चियाबगान जाने बाटोको शिलान्यास भएको थियो अनि जीटीएले बाटो निर्माणको निम्ति फण्ड पनि तयार गरेको थियो तर यतिका बर्षहरू वितिसक्दा पनि बाटोको कार्य किन भएन? तिनले प्रश्न तेर्साए। राईले अझ भने गत केही दिन भागोप्रमोको पक्षबाट एंव जीटीए चीफको पीआरओ एस. पी. शर्मा समाज सेवी भरत तामाङको धरना स्थलमा आएका थिए अनि तिनले सोम चियाबगान जाने बाटो निर्माणको निम्ति क्षेत्रिय सभासद्को पक्षबाट पत्र आएको छैन। बाटो निर्माणको निम्ति नयाँ डीपीआर बनाउँनुपर्छ भन्ने जस्ता बगमफुसे बयानहरू दिएर धरनामा बसेका भरत तामाङ र सोम चिया बगानको बासिन्दाहरूको मनोबल घटाउँने कार्य गरेर गएको हाम्रो युवा समूहको कार्यकर्ता राब्गे राईले बताए।सोम चियाबगानको बासिन्दाहरूलाई जस्तै पहाड़को अन्य ठाउँहरूका मानिसहरूलाई पनि लटटाउँने झुक्काउँने कामहरू गरेको हुन सक्छ। उनीहरू सवै भरत तामाङले जस्तै दरिलो मन बनाएर अघि आउँने हाम्रो युवा समूहको कार्यकर्ता राईले आह्वान गरे। हामी यहाँ राजनीति गर्न आएको होइन अनि हामी राजनीति गर्न पनि जान्दैनौ तर जहाँ अन्याय र अत्यचारहरू भईरहेको छ, त्यसको विरोधमा आवाज उठाई रहनेछौ उपस्थित युवाहरुले बताएँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement