खरसाङ कलेजमा ‘इकोनमिक्स अफ टुडे, इकोनमिस्ट्स फर टुमोरो’ विषयबारे एक दिवसीय कार्यशाला

IMG-20221220-WA0204.jpg

खरसाङ: खरसाङ कलेज र अजिम प्रेमजी विश्वविद्यालय, बैंगलोरको संयुक्त आयोजनमा उत्तर बङ्ग विश्वविद्यालय अन्तर्गत पर्ने महाविद्यालयका विशेष अर्थशास्त्र र वाणिज्य विषयका विद्यार्थीहरूलाई लिएर एक दिवसीय कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यशालाको मूल थिम ‘इकोनमिक्स अफ टुडे, इकोनमिस्ट्स फर टुमोरो’ रहेको थियो। सो कार्यशालामा खरसाङ महाविद्यालय, सन्त जोसेफ महाविद्यालय, दार्जिलिङ सरकारी महाविद्यालय, सूर्यसेन महाविद्यालय, सलेसियन महाविद्यालय गरी जम्मा पाँचवटा कलेजहरूले भाग लिएका थिए। खरसाङ कलेज प्राचार्य डा. समीर बलको औपचारिक उद्घाटन सम्बोधनपछि सुरु भएको कार्यशालामा पाँचजना वक्ताहरूले क्रमशः सम्बन्धित विषयमा प्रपत्रहरू प्रस्तुत गरे भने यसैबीच विद्यार्थीहरूसित सोझै अन्तर्क्रियात्मक विमर्श पनि गरियो। अजिम प्रेमजी विश्वविद्यालय, बैंगलोर, अर्थशास्त्र विभागका उप-प्राध्यापकद्वय डा. जिको दास सेनगुप्त र डा. तामोङ्ना हलदार विशेष वक्ताका रूपमा उपस्थित थिए। डा. जिको दास सेनगुप्तले ‘मेकरो इकोनोमिक्स इन एन्ड फर आवर डेली लाइभस्’ शीर्षकमा आफ्नो वार्ता राखे भने डा. तामोङ्ना हलदारले ‘इकोनोमिक्स अफ आइडेन्टिटी’ र ‘पर्सुइङ एम. ए. इकोनोमिक्स इन इन्डिया: एन ओभरभ्यु’ विषयमा विशद् विमर्श गरे। यसै बीच खरसाङ कलेजका वाणिज्य विभागका उप-प्राध्यापक दिपेन शेर्पाले ‘पब्लिक पोलेसी फर सन्टिननेबल बिजिनेस’ अनि अर्थशास्त्र विभागका उप-प्राध्यापक दावा शेर्पाले ‘इकोनोमिक्स अफ आइडेन्टिटी’ विषयमा विमर्श प्रस्तुत गरे। कार्यक्रमका प्रमुख आयोजक प्रा. दिपेन शेर्पा र प्रा. दावा शेर्पाद्वयमध्ये आयोजकका पक्षबाट प्रा दावा शेर्पाले उक्त कार्यशालाको उद्देश्य र यसको प्रयोजनबारे स्पष्ट पार्दै आजको हाम्रो कार्यशालाको प्राथमिक उद्देश्य उत्तर बङ्ग विश्वविद्यालय क्षेत्रअन्तर्गत पर्ने जति पनि हिमाली भेकका महाविद्यालयहरू छन्। जहाँ अर्थशास्त्र र वाणिज्य विषयमा अध्ययन गरिरहेका छन्। उनीहरूलाई लिएर उच्च शिक्षासम्बन्धी भेटघाट गर्नु साथै वर्तमानमा अर्थशातस्त्र विषयमा के कस्तो प्रावधानहरू विद्यमान छन्, अर्थशास्त्र विषयमा उच्च शिक्षालाई लिएर कुन कुन युनिभर्सिटीहरूमा पढ्न सकिन्छ, सम्बन्धित विश्वविद्यालयहरूमा भर्ना पाउन के कसरी परीक्षाको तयारी गर्नु पर्दछ त्यसका बारेमा जानकारी दिनु, एउटा करियर गाइडेन्सको काम सँगसँगै अहिले अर्थशास्त्रमा चल्दै गरेको एकदम एडभान्स रिसर्चहरू बारेमा जानकारी गराउनु, कलेजहरूमा सो विषयलाई लिएर पढ्दै गरेका नानीहरूलाई सम्बन्धित एकाडेमिक नेटवर्कबारे सचेत गराउनु नै आजका कार्यशालाको मुख्य उद्देश्य रहेको बताए। भविष्यमा पनि सम्बन्धित विषयमा विभिन्न उच्च प्राज्ञिक संस्थानहरूसँग संलग्न भई संयुक्त प्रायोजनामा कार्यशालाहरू सम्पन्न गर्नु आफूहरूको उद्देश्य रहेको बताए। उक्त एक दिवसीय कार्यशालामा महाविद्यालयका शिक्षण, अशिक्षण साथै स्वयंसेवक विद्यार्थीहरूको निस्वार्थ सहयोगलाई आयोजकका तर्फबाट प्रा. दिपेन शेर्पा र प्रा. दावा शेर्पाले अन्त्यमा मुरी मुरी धन्यवाद दिए।
कार्यशाला सुरु हुन अघि खरसाङ महाविद्यालयको वाणिज्य विभागबारे प्रा. मोनिका चौहान र अर्थशास्त्र विभागबारे प्रा. डा. सिर्जना राईले छोटो परिचयात्मक विवरण राखिन्। प्रा. ताहिरा भट्टद्वारा सञ्चालित कार्याशालाको स्वागत सम्बोधन प्रा. डा. सिर्जाना राई गरेकी थिइन् भने धन्यवाद ज्ञापन प्रा प्रकृति गजमेरले राखेकी थिइन्। अन्त्यमा प्राचार्य डा. समीर बल, डा. सिर्जना राई, प्रा. रजनी शर्मा, प्रा. प्रनिता प्रधान, प्रा. सुजता कालिकोटे, प्रा. सुदर्शना प्रधान, डा. सपन प्रधानका बाहुलीबाट अजिम प्रेमजी विश्वविद्यालयबाट आउने कार्यशालाका प्रमुख वक्ताद्वय, सहभागिता जनाउन आउने विभिन्न महाविद्यालयका शिक्षक र विद्यार्थीहरूलाई उपहार र प्रमाणपत्र वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement