रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजन ३१ दिसम्बरदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। उद्घाटन म्याचमा एमएमएफसी निरपानी र नमो बुद्ध (रिम्बिक)-बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष भएको टुर्नामेण्टको दोस्रो सीजनमा गोरुबथान एफसी-ले फाइनलमा चाइल्डहूड एफसी, नाम्चीलाई ३-१-ले पराजित गरी खिताब जितेको थियो।







