जंगली हात्तीको हमलामा एकजना वृद्धको मृत्यु

Dead_0_1200x768.jpeg

मदारीहाट: जंगली हात्तीको हमलामा एकजना वृद्ध व्यक्तिको मृत्यु भएको छ। यस घटनाले आज बिहान मदारीहाट खण्डको पूर्व खरबारी इलाकामा शोकको लहर छाएको छ। जानकारी अनुसार गत अबेर राती जलदापाडा जङ्गलबाट एउटा जङ्गली हात्ती मदारीहाटको पूर्व खयरबारी इलाकामा प्रवेश गरेपछि इलाकाको धेरैवटा घरमा ताण्डव मच्चायो। गत अबेर राति उक्त इलाकाका वृद्ध बाबलु मिर्धा शौचालय जानको लागि घरबाट बाहिर निस्केको समय हात्तीले हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस र वन कर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement