मालदा: मालदा सहरको फोरा मोरस्थित कालीमन्दिर नजिकै अज्ञात व्यक्तिको टाउको काटिएको अवस्थामा भेटिएपछि निकै हलचल मच्चिएको थियो। यस विषयमा विभिन्न किसिमका अनुमानहरू भइरहेका छन्। घटनालाई तन्त्र साधनासँग जोडेर पनि मानिसहरूले हेरिरहेका छन्। मंगलबार दिउँसो सुनसान ठाउँमा दिसा गर्ने क्रममा केही व्यक्तिले झोलामा टाउको काटेको फेला पारेका थिए। घटनाको जानकारी पाएलगत्तै अंग्रेजीबजार प्रहरी चौकी घटनाको अनुसन्धानका लागि पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बरामद खप्पर एक अधबैंसेको भएको बताएको छ। यद्यपि उनको पहिचान हुन सकेको छैन। यो काटिएको टाउको यस क्षेत्रमा कसरी आयो भन्ने विषयमा अंग्रेजीबजार प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले बरामद गरेको टाउको पोष्टमार्टमका लागि मालदा मेडिकल कलेजको शवगृहमा पठाउने व्यवस्था गरेको छ। चित्तरञ्जन बजार नजिकैको इलाकाका केही व्यापारीका अनुसार यस क्षेत्रमा दिनरात चहलपहल हुने गरेको छ। यति हुँदाहुँदै पनि यस्तो घटना अचम्मलाग्दो छ। बजारको झोलामा मानव शरीरको टुक्रा कसरी आयो बुझ्न सकिन। यद्यपि यी सबै क्षेत्रमा सीसीटीभी क्यामेरा छन्। सिसिटिभी फुटेज हेरेर अपराधी तुरुन्तै पहिचान हुनुपर्ने व्यवसायीहरुको दाबी छ। बरामद गरिएको टाउको पोस्टमार्टमका लागि मालदा मेडिकल कलेजको शवगृहमा पठाइएको अङ्ग्रेजीबजार प्रहरीले जनाएको छ। शरिरका अन्य अंग कहाँ छन्, खोजी भइरहेको छ। घटनाबारे विभिन्न स्रोतबाट अनुसन्धान सुरु गरिएको छ।










