भारत-नेपाल सीमामा फेरि टोटो चलाचल शुरू

Capture3-11

खोरीबारी : अन्ततः खोरीबारीको भारत-नेपाल सीमामा फेरि टोटो चलाचल शुरू भएको छ। शर्तको आधारमा एसएसबीले टोटो चालकहरूलाई सिमामा अनुमति दिएको छ। स्मरण रहोस्, वैध नम्बर नभएकोले एसएसबीले खोरीबारीको पानीट्याङ्की भारत-नेपाल सीमामा गत ६ दिसम्बरदेखि चलाचल बन्द गरिदिएको थियो । अन्तर्राष्ट्रिय सुरक्षाको दृष्टिले टोटोको चलाचलमा रोक लगाएको थियो। यसै बीच पानीट्याङ्की ई-रिक्शा युनियनले गत शनिवार सिमामा टोटो चलाचल शुरू गर्ने मागमा विरोध प्रदर्शन गरेपछि एसएसबीले टोटो चालकहरूलाई केही शर्तको आधारमा टोटो चलाउने अनुमति दिएको बताइएको छ। एसएसबीले चाँडोभन्दा चाँडो टोटोको नम्बर बनाउने आदेश दिएको छ । फेरि टोटोको आवाजाही सामान्य भएपछि टोटो चालकहरू निक्कै खुसी छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement