छापा मार्ने क्रममा आरोपीले प्रहरी चौकीका सब इन्स्पेक्टरमाथि गोलीले प्रहार

IMG-20221220-WA0160.jpg

सिलगढी: छापा मार्ने क्रममा आरोपीले प्रधाननगर प्रहरी चौकीका सब इन्स्पेक्टरमाथि गोली प्रहार गरे। तर, अभियुक्तको निशाना नभेट्दा उनको ज्यान जोगियो। घाइते प्रहरीको नाम रवीन्द्रनाथ सरकार रहेको छ। उनको खुट्टामा गोली लागेको बताइएको छ। हाल उनको माटिगरा नर्सिङ होममा उपचार भइरहेको छ। सूचनाको आधारमा सिलगढीको प्रधान नगर थानाको पुलिसले सोमबार राति एक व्यक्तिलाई पक्राउ गरेको हो। बिहारका यी व्यक्तिसँग हतियार रहेको प्रहरीले जानकारी पाएको थियो। यो उजुरीपछि तिनलाई पक्राउ गरिएको हो। उक्त व्यक्तिले आफूलाई बिहार सरकारको अफिसरको रूपमा चिनाए। आरोपितले यो पनि दावी गरे कि तिनी सिलगढीका एक सब इन्स्पेक्टर र एक सहायक सब इन्स्पेक्टरसँग परिचित थिए। युवकलाई पक्राउ गरेपछि प्रधाननगर प्रहरी थानाको प्रहरीले तिनको दगापुरस्थित फ्ल्याटमा छापा मारेको थियो। फ्ल्याटको खोजीका क्रममा अभियुक्तले आफ्नो ९ एमएमको पिस्तोलले आईसीलाई गोली हान्न खोजेको आरोप छ। प्रहरीले आरोपीलाई रोक्न खोज्दा गोली निशाना नछुटेर प्रहरी सहायक निरीक्षक रवीन्द्रनाथ सरकारको खुट्टामा लागेको थियो। यो घटनाले प्रहरी वृत्तमा सनसनी मच्चाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement