कुचबिहार: दिनहाटाको ब्लक १ को पुण्टीमारी ग्राम पञ्चायतको सिमुलतला क्षेत्रमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। घटनामा अन्य चारजना घाइते भएका छन्। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। लगत्तै स्थानीयले घाइतेलाई उद्दार गरी दिनहटा डिभिजन अस्पताल पुऱ्याए थिए। खबर पाएर दिनहाटा प्रहरी चौकी घटनास्थलमा पुगेको थियो। कुचबिहार तर्फबाट तीव्र गतिमा आएको मोटरसाइकलले शिमुलतला क्षेत्रमा साइकल यात्रीलाई ठक्कर दिएको बताइएको छ। यसै क्रममा एकजना यात्रीलाई पनि मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलमा तीनजना सवार थिए, कसैले हेलमेट लगाएका थिएनन् भन्ने स्थानीय स्रोतले बताएको छ।










