जयगाउँका प्रतिभाशाली गोलकीपर सन्दीप राई सन्तोष ट्रफी खेल्न दिल्ली प्रस्थान

IMG-20221220-WA0096.jpg

जयगाउँ (डुवर्स)-का प्रतिभाशाली गोलकीपर सन्दीप राईले त्रिपुराबाट सन्तोष ट्रफी (हीरो सीनियर मेन्स नेशनल फूटबल च्याम्पियनशीप)- मा हिस्सा लिनेछन्। टुर्नामेण्टको निम्ति उनले नयाँ दिल्ली प्रस्थान गरिसकेका छन्। जयगाउँ युनाइटेड टीमबाट करियरको शुरुवात गर्ने सन्दीपले पछिबाट एटीके मोहन बगानको अण्डर १४ टीमबाट पनि खेलेका थिए। यसको साथमा उनले गत वर्ष कलकत्तामा भएको अन्तर जिल्ला टुर्नामेण्टमा अलिपुरद्वार सीनियर टीमको पनि प्रतिनिधित्व गरेका थिए। सन्दीप अब राष्ट्रिय स्तरको टुर्नामेण्टमा आफ्नो टीम त्रिपुराको निम्ति अभेद भित्ता बनेर उभिन तयार छन्। सन्दीपको साथमा त्रिपुराको टीममा सिलगढ़ीका फूटबलर इस्माइल तामाङलाई पनि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement