कमाई र महँगो शौकको मामिलामा पनि पछि छैनन् मेस्सी

IMG-20221220-WA0093.jpg

खेल जगतमा अहिले केवल एकजना खेलाड़ीको चर्चा भइरहेको छ अनि त्यो खेलाड़ी हुन् लियोनल मेस्सी। अर्जेण्टिनाले आइतवार भएको फाइनलमा फ्रान्सलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गरी फीफा वर्ल्ड कपको खिताब जित्यो। यसरी अर्जेण्टिनाले ३६ सालपछि वर्ल्ड च्याम्पियन बन्ने मौका पायो। अर्जेण्टिनाई टीमको यस अभूतपूर्व सफलतापछि मेस्सीको महत्त्वपूर्ण भूमिका रह्यो। उनले फाइनलमा २ गोल गर्नको साथै एउटा एसिस्ट पनि गरे। त्यसपछि उनले पेनल्टी शूटआउटमा पनि गोलीलाई नेटमा हाले। अर्जेण्टिनाई टीमले यसअघि २०१४-मा ब्राजीलमा भएको वर्ल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो तर त्यस समय टीमले जर्मनी विरुद्ध हारको सामना गर्नु परेको थियो। आइतवार अर्जेण्टिना च्याम्पियन भएपछि सम्पूर्ण विश्वमा खुशीयाली मनाइयो। यो खुशीयाली अर्जेण्टिनाको निम्ति मात्र नभएर दिग्गज मेस्सीको निम्ति पनि थियो, जसले आफ्नो अन्तिम प्रयासमा वर्ल्ड कप जिते। यसबीच प्रशंसकहरू मेस्सीको करियर अनि ब्याकग्राउण्डबारे जान्न पनि इच्छुक छन्। मेस्सीलाई मैदानमा चमत्कारी प्रदर्शनदेखि बाहिर भव्य जीवन जिउने खेलाड़ीको रूपमा पनि चिनिन्छ। उनीसँग महँगो-महँगो कारको कलेक्शनको साथमा आफ्नै प्राइवेट जेट पनि रहेको छ। यहाँ मेस्सीको कमाई अनि कुल सम्पत्तिबारे चर्चा गरिँदैछः
मेस्सीले हरेक दिन विज्ञापन अनि क्लबसँग गरिएको अनुबन्धबाट नै करोड़ौं रुपियाँ कमाई गर्छन्। उनको हरेक दिनको कमाई लगभग १,०५,००० डलर रहेको छ। यसरी उनको कुल सम्पत्ति लगभग ६०० मिलियन डलरको रहेको छ, जुन भारतीय करेन्सीमा ५०० करोड़ रुपियाँभन्दा अधिक हुन्छ। यसबाहेक मैदान बाहिर धेरैवटा ठूल्ठूलो ब्राण्ड एण्डोर्स गरेर पनि मेस्सीले मोटो कमाई गर्छन्। यसरी नै फोर्ब्सको सबैभन्दा धेर कमाई गर्ने खेलाड़ीहरूका सूचीमा पनि मेस्सी शीर्षमा रहेका छन्। मई २०२१- देखि मई २०२२- सम्म मेस्सीले १३० मिलियन डलर (लगभग १००७ करोड़ रुपियाँ) कमाई गरेका थिए। मेस्सीसँग एउटा प्राइवेट जेट पनि छ, जसको मूल्य लगभग १०० करोड़ रुपियाँ रहेको छ। जेटमा १६ जना बस्न सक्ने बन्दोबस्त छ। साथमा भान्साघर पनि रहेको छ। त्यस जेटको पुच्छरमा मेस्सीको जर्सी नम्बर १० लेखिएको छ।
यसबाहेक मेस्सीको अलग-अलग देशहरूमा विलासबाहुल घरहरू रहेको छ। ती घरहरूमा स्वीमिंग पूल र जिम जस्ता सुविधाहरू रहेको छ। स्पेन नजिक इबिजा आइल्याण्डमा उनको सबैभन्दा महँगो घर रहेको छ, जसको मूल्य लगभग १०० करोड़ रुपियाँ रहेको छ। यसको साथै बार्सिलोनामा एउटा बंग्ला रहेको छ, जसको मूल्य लगभग ५६ करोड़ रुपियाँ रहेको छ। मेस्सी आफ्नो परिवार र तीनजना नानीहरूसँग त्यही बंग्लोमा बस्छन्। मेस्सी महँगो कारहरूका पनि शौकीन छन्। उनीसँग अडी, रेञ्ज रोवर, फरारी, मर्सि़डीज र एसयूभी- को सबैभन्दा शक्तिशाली र महँगो मोडलहरू रहेको छ। उनीसँग सुपर कार ४.३ एल फरारी ए१३६ पनि रहेकोछ। मेस्सीसँग भएको सबैभन्दा महँगो गाड़ी पगानी जोण्डा ट्राइकलोर हो, जसको मूल्य लगभग २ मिलियन डलर रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement