लेप्चा राजा ग्याबु आच्योकको जन्मदिन आज

IMG-20221220-WA0063.jpg

गितडब्लिङ: भनिन्छ कालेबुङका अधिकांश क्षेत्रमा लेप्चाहरु बसोबासो गर्दथे।यस क्षेत्रका आदिवासीको रुपमा लेप्चा जाति थिए। कुनै समय कालेबुङ एउटा छुट्टै देश वा प्रान्त थियो। यस देश वा प्रान्तकालेबुङका अन्तिम राजा ग्याबु आच्योक थियो। राजा दामसाङका उनी नाती थिए। उनको जन्म गोरुबथान खण्ड अन्तर्गत पर्ने लुङसेलमा सन् १७३१ तिर भएको हुनसक्ने जनश्रुति पनि छ। आफ्नो मातृभूमिप्रति आगाघ प्रेम र श्रद्धा राख्ने ग्याबु आच्योक भुटानी र बंगालका शासकहरूले आफ्नो देशमा घरि घरि आएर लुटमार र आक्रमण गर्थे यस्तो घटनादेखि उनी विक्षिप्त हुन्थे। कालेबुङलाई आफ्नो अधिनमा ल्याउन ति छिमेकीहरुले पटक पटक आक्रमण गरिरहन्थे।सानैदेखि निडर र बलशाली ग्याबुको अघि कालेबुङको भुमिमाथी अधिकार जमाउन खोज्ने समतल अनि भूटानी आक्रमणकारीहरूको केहि चलेन।
राजा ग्याबुले आफ्नो देशमाथि आईपर्ने सम्भावित खतराबाट जोगिन तथा देशलाई उत्तरबाट बचाउन पेदोङ नजिकै दामसाङ गढीको निर्माण गरे। दक्षिणमा समतलकाहरुबाट र पुर्वमा भुटानीहरुबाट बचाउन गोरुबथानदेखि पाँच छ किलोमिटर माथि पर्ने दालिम भन्ने जग्गामा दालिम किल्लाको निर्माण गराए। जो दालिम गढीको रुपमा प्रख्यात छन्।आज पनि त्यहाँ भग्नावशेष देख्न पाइन्छ। ग्याबु आच्योकले गुरिल्ला सेनाहरुको मदत लिएर साना-साना सैनिक पोष्टहरुको निर्माण गराएका थिए। निगरानीको लागि तयार पारीएका सैनिक पोष्टहरु वर्तमानको दालिम कोट, डाम-डिम, वर्तमानको दालिम कोट, रोङगो, ग्याजो-सुङ दुन (वर्तमानको कोरेनेसन ब्रिज(बाघ पुल) छेउ मङपङ, तोदे लगायत कालेबुङका विभिन्न स्थानहरुमा निर्माण गराएका थिए।कालेबुङलाई सबैभन्दा बढी खतरा भूटानी आक्रमणकारीबाट थियो। भूटानीहरुले घरीघरी आक्रमण गरि बसेता पनि राजा ग्येबुलाई हराउन सकेनन्। य़सरी युद्धमा पराजित गरि ग्याबुलाई हराउन नसक्ने देखेपछि त्यसताक भुटानका राजा अनि सैनिकहरूले कपटपूर्ण तरिकाले अहिलेको दालिम गढीमा राजा ग्याबु आच्योकको हत्या गरेका थिए। आज उनै महान लेप्चा राजाको जन्मदिन लेप्चा जातिले धुमधामसित मनाउने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement