गान्तोक: राजधानीस्थित सन्त थोमस चर्चमा प्री-क्रीस्टमस कार्यक्रम भव्य रूपमा पालन गर्यो। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित विधानसभाका अध्यक्ष अरुण उप्रेतीलाई सन्त थोमस चर्चका फादर जेराड लेप्चाले भव्य स्वागत जनाए। यस कार्यक्रममा नगरनिगम परिषद्का उपाध्यक्ष छिरिङ पाल्देन भोटिया, वरिष्ठ वास्तुकार एवं पूर्व सचिव किरण रसाइली, पूर्व सचिव सीपी देवान लगायत अन्यको उपस्थिति रहेको थियो।
बालक ईशुको जन्म दिवसको शुभउपलक्ष्यमा आयोजन गरिएको उक्त प्री-क्रीस्टमस कार्यक्रम आरम्भ हुनभन्दा अघि एउटा भजन प्रार्थना होली चाइल्डहूड र आइसीयुम युथबर्गद्वारा प्रस्तुत गरिएको थियो। उक्त प्री-क्रीस्टमस कार्यक्रममा नारी संघले नृत्य प्रस्तुत गरिएको थियो भने सन्त थोमस चर्चका आइसीयुम युथद्वारा बालक ईशुको जन्ममाथि संक्षिप्त अर्थपूर्ण नाटक प्रस्तुत गरिएको थियो। यसरी नै होली चाइल्डहूड, युथबर्गद्वारा नृ[य र क्रीस्टमसका मीठा-मीठा अर्थपूर्ण क्यारल गीतहरू प्रस्तुत गरेका थिए।

मुख्य अथितिको आसनबाट बोल्दै विधानसभा अध्यक्ष अरुण उप्रेतीले प्रभु ईशुको जन्मद्वारा मानिसजातिले मुक्ति पाएको र जतिनै कठिनाईहरू सामना गरे पनि यदि प्रभुमाथि विश्वास छ भने आनन्द र खुशी पाउनुसकिन्छ भन्ने कुरा चर्चका नानीहरूद्वारा प्रस्तुत गरिएका नाटकद्वारा स्पष्ट भएको विचार पोखे। आज आफूले यहाँ आध्यात्मिक र ज्ञानबर्द्धक कुरा सिक्ने अवसर पाएको बताए। उनले समस्त ईसाई भक्तजनलाई सम्बोधन गर्दै क्रिसमसको शुभकामना र बधाई पनि दिए।










