सचिव सेन्थिलले गरे विभिन्न फार्मको निरीक्षण

IMG-20221219-WA0414.jpg

गान्तोक: राज्यका पशुपालन र भेटरेनेरी विभागको टेक्निकल टीमले हिजो मंगन जिल्लामा सञ्चालित रेबिट फार्म, टिबेटन शिप फार्म, ट्राउट माछा फार्मको निरीक्षण गऱ्यो। विभागका सचिव डा. पी. सेन्थिल कुमारको नेतृत्वमा गएको टोलीले चुङथाङ महकुमा अन्तर्गत सञ्चालित विभिन्न फार्मको निरीक्षण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। यस अवसरमा टोलीले विभिन्न फार्मका मालिकवर्गसँग भेट गर्दै अन्तक्रिया पनि गरे। विशेष गरेर सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग प्रदान गर्ने उनले आश्वासन दिएका छन्। यस अवसरमा उनले फार्मको अवस्था र चाहिने आवश्यक पूर्वधारबारेमा पनि जानकारी लिए। उच्च स्थानमा कुन कुन विषयमाथि काम गर्न सकिन्छ भन्नेबारेमा स्थानीयहरूसँग अन्तक्रिया गरियो। विभागका अधिकारीवर्गले यति दुर्गम क्षेत्रमा पुगेर पनि त्यहाँको आवश्यक बस्तुलाई ध्यानमा राख्दै सबै कुराको प्रबन्ध गरिदिएकोमा सचिव पी. सेन्थिल कुमारले अधिकारीहरूको प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement