हराएको २४ घण्टाभित्रै राभाङला पुलिसद्वारा नाबालिका उद्दार

IMG-20221219-WA0413.jpg

गान्तोक: राभाङला पुलिसले हराएको २४ घण्टा वित्न नपाउँदै तीन जना बालिकाहरूलाई सकुशल उद्दार गरेर प्रशंसनीय कार्य गरेको छ। पुलिसले जानकारी गराए अनुसार गत १७ दिसम्बरको दिन राभाङला थानमा तीन जना नाबालिका घरबाट हराएको अभिभावकवर्गले मुद्दा दर्ता गरेका थिए। पुलिसले यस घटनाविरूद्ध आइपीसीको धारा ३६३ अन्तर्गत मुद्दा दर्ता गर्दै खोजी अभियानमा जुटेको थियो। हराएका तीन जना नाबालिकाको खोजी गर्न एसाइ राजिब भुजेल, एचसी उगेन भोटिया र साङ्गे डोमा भोटिया सिलगढी प्रस्थान गरेका थिए। उनीहरूले सिलगढीमा बसेर टेक्निकल सर्विलेन्सको सहयोगमा सामाजिक सञ्जालमा अध्ययन गर्दै थिए। उनीहरूसँग एक जना संदिग्ध व्यक्ति पनि साथमा रहेको पुलिसले थाह पाएपछि कडा नजर राख्दै आएको जानकारी गराएको छ। पुलिसले रातभरि खोजी अभियान जारी राखेपछि १८ दिसम्बरको दिन बंगालका गैर सरकारी संस्था साथै पुलिसको सहयोगमा प्रधान नगरमा तीनजनालाई फेला पारेको थियो। यस अभियानमा भक्तिनगर थानाका पुलिस साथै गैर सरकारी संस्थाका सदस्य राजु नेपालीले धेरै सहयोग पुऱ्याएका थिए।
सिक्किमको निम्ति ऐतिहासिक दिन रोलु दिवसलाई सफलतापूर्वक आयोजन गर्नको निम्ति सबैले यो कार्यक्रममा आफ्नो सहभागिता जनाइदिने पनि सबै नेतृत्वहरूले आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement