पाकिमका दुध उत्पादकहरूलाई प्रोत्साहन राशि वितरण

IMG-20221219-WA0410.jpg

पाकिम: पाकिम जिल्लाका दुग्ध उत्पादकहरूलाई आज दुधको  प्रोत्साहन राशि  प्रदान गरियो। उल्लेखनीय छ, राज्य सरकारले दुग्ध उत्पादकहरूलाई प्रोत्साहन गर्दै प्रतिलिटर ८ रूपियाँ दुधमा प्रोत्साहन राशि प्रदान गर्दै आइरहेको छ। यसै अवसरमा आज १४ वटा दुध उत्पादक सहकारी समितिलाई कूल ८ लाख ३६ हजार ६३ रूपियाँ प्रदान गरियो। पाकिम जिल्ला अन्तर्गत पारखाको खण्ड प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा किसान क्रेडिट कार्डमाथि जागरूकता पनि गराइयो। कार्यक्रममा विभागका उपनिर्देशक डा. किञ्छोक भोटियाले गाई बीमा योजना कार्यान्वयन, ऋण लाथै अन्य विषयमाथि विस्तृतरूपमा जानकारी गराइन्। उनले गाई गोरूमा लाग्ने विभिन्न प्रकारको रोग र यसको रोकथामबारे अवगत गराउँदै सबै किसानहरूले गाई गोरूको बीमा गराउनु पर्ने विषयमा जोर दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement