तीनधारेको गैरी गाउँमा नौ दिवसीय देवी भागवत महापुराण शुरु

IMG-20221219-WA0294.jpg

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारेको गैरी गाउँमा नौ दिवसीय महापुराण शुरु भएको छ। तीनधारे, गैरी गाउँको गोदावारी संघको आयोजनामा सम्पन्न महापुराणको पहिलो दिन प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीद्वारा द्वीप प्रज्वलन गरी महापुराणको शुरु गरिएको छ। पहिलो दिन कलश यात्रा निकालिएको थियो। उक्त कलश यात्रा गैरी गाउँस्थित मन्दिरबाट शुरु गरेर एनएच ५५ भएर १७ माइलस्थित फाटकसम्म पुगेर तीनधारेको गैरी गाउँस्थित हनुमान मन्दिर परिसरमा पुगेर फर्कि आएर पुन: महापुराण परिसरमा आएर कलश यात्रा समापन भएको छ।

उक्त महापुराण आगामी २७ दिसम्बरसम्म नौ दिवसीय रूपमा सम्पन्न हुने भएको छ। तीनधारेको गैरी गाउँमा नौ दिवसीय देवी भागवत महापुराण शुरु उक्त नौ दिवसीय देवी भागवत महापुराणमा नेपालबाट चर्चित नाट्यकर्मी चन्द्रकान्त काँफ्ले उपस्थित हुने भएको छ भने वरिष्ठ आचार्यद्वय पण्डित शेषराज उपाद्यय, पण्डित अर्जुन भट्टराई, वरिष्ठ भजन गायक राजु अधिकारी एंव समूह पनि उपस्थित रहेका छन्। गैरी गाउँमा सम्पन्न भइरहेको उक्त नौ दिवसीय देवी भागवत महापुराणको मुख्य उद्देश्य गाउँ समाज र विश्व शान्तिको लागि आयोजना गरिएको बताउँदै उक्त देवी भागवत महापुराणमा तीनधारे र वरिपरिका सबै आध्यात्मिक व्यक्तिहरू र जनसाधारणलाई उपस्थित भएर नौ दिवसीय देवी भागवत महापुराण सफल पारिदिने र आध्यात्मिक ज्ञान पनि प्राप्त गर्ने आह्वान् आयोजक समितिको पक्षबाट सचिव रबि सुब्बाले बताएका छन्।

About Author

Advertisement