मेस्सीको महानताले अर्जेण्टिना तेस्रोपल्ट बन्यो वर्ल्ड च्याम्पियन

IMG-20221219-WA0092.jpg

लियोनल मेस्सीको सपना अनि कीलियन एम्बाप्पेको ह्याट्रिकबीच झुण्डिएको फीफा वर्ल्ड कपको फाइनलमा अन्तमा गएर मेस्सी आफ्नो करियरको अन्तिम वाधालाई पार गर्न सफल भए। अर्जेण्टिनाले पेनल्टी शूटआउटमा फ्रान्सलाई ४-२-ले पराजित गरी ३६ सालपछि वर्ल्ड कप जित्यो। यसको साथै आफ्नो अन्तिम वर्ल्ड कप खेलिरहेका मेस्सीको अधुरो इच्छा पनि पूरा भयो। यसअघि उनी २०१४-मा एकदमै नजिक पुगेर पनि ट्रफी जित्नदेखि चुकेका थिए। लुसैल स्टेडियममा आफ्नो टीमलाई यादगार जीत दिलाएर मेस्सीले डिएगो म्याराडोना (१९८६) पछि आफ्नो नाम महानतम् खेलाड़ीहरूका सूचीमा सामेल गरे।

फाइनल म्याच चरम रोमाञ्चक र उतार-चड़ाउले भरिएको रह्यो, जसमा मध्यान्तरसम्म त अर्जेण्टिनाको जीत निश्चित मानिएको थियो। मेस्सीले २३औं मिनटमा पेनल्टीबाट गोल गरी अर्जेण्टिनालाई बढ़त दिलाए। त्यसपछि मेस्सीकै एसिस्टमा एञ्जेल डी मारियाले ३६औं मिनटमा टीमको बढ़तलाई दोब्बर पारे। पहिलो हाफको खेलमा फ्रान्सले आफ्नो चीरपरिचित लयमा खेल्न सकेन तर दोस्रो हाफको खेलमा चाहिँ टीमको निम्ति संकटमोचक बनेर अघि आए कीलियन एम्बाप्पे। फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-मा मेस्सीसँग खेल्ने एम्बाप्पेले एक मिनटको अन्तरमा दुई गोल (८०औं र ७१औं मिनट) गरी फ्रान्सलाई २-२-को बराबरीमा पुऱ्याउनको साथै अर्जेण्टिनाई समर्थकहरूलाई स्तब्ध बनाए।

त्यसपछि नियमित समयको खेलमा थप गोल हुन नसक्दा म्याच अतिरिक्त समयसम्म तन्कियो। त्यहाँ पनि मेस्सीले १०८औं मिनटमा गोल गरी अर्जेण्टिनालाई फेरि बढ़त दिलाए तर लगत्तै १० मिनटपछि एम्बाप्पेले पेनल्टीबाट गोल गरी आफ्नो ह्याट्रिक र गोल्डन बूट सुनिश्चित गर्नको साथै स्कोर ३-३-को बराबरीमा पुऱ्याए। चाखलाग्दो कुरा के छ भने अर्जेण्टिना २०२२ वर्ल्ड कपको पहिलो म्याचमै सऊदी अरब विरुद्ध १-२-ले हारको सम्मुखीन भएको थियो तर टीमले चाँड़ै लय हासिल गर्दै अन्तमा ट्रफी जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement