पूर्वोत्तर परिषद्को स्वर्ण जयन्तीमा मुख्यमन्त्री तामाङको सहभागिता

IMG-20221218-WA0304.jpg

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको मुख्य आतिथ्यमा पूर्वोत्तर राज्यका राज्यपाल अनि मुख्यमन्त्रीहरूको उपस्थितिमा शिलङमा आयोजित पूर्वोत्तर परिषद्को स्वर्ण जयन्ती उत्सवमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सहभागिता जनाए।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा पूर्वोत्तर क्षेत्रलाई अष्ठलक्ष्मीको संज्ञा दिए। उल्लेख्य यात्रासँगै 50 वर्ष पूरा गरेर यस उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री मोदीले पूर्वोत्तर परिषदलाई बधाई दिए। डोनर मन्त्रालयको प्रशासनिक परिधिमा पूर्वोत्तर क्षेत्रको सामाजिक, आर्थिक विकासमा पूर्वोत्तर परिषद्ले निरन्तर रूपमा महत्वपूर्ण योगदान दिइरहेको प्रधानमन्त्रीले मन्तव्य पोखे। डोनर मन्त्रालयले हाल पूर्वोत्तर क्षेत्रको उल्लेख्य विकास भएको उनले विचार पोखे। यस परिप्रेक्ष्यमा एक्ट ईस्ट नीति र पीएमडीवाइन पूर्वोत्तर क्षेत्रलाई विकासको मूल फुटाउन एक धुरी रहेको प्रधानमन्त्री मोदीले बताए।

जानकारी गराइन्छ, प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा अभूतपूर्व विकास र सकारात्मक कायाकल्प भएको छ र विगत आठ वर्षमा स्वतन्त्रताको ७५ वर्ष पूरा भएको समयको अन्तरालमा पूर्वोत्तर क्षेत्रमा बहुआयामिक विकासको लहर देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement