नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा भीनस एफसी (नेपाल)- ले सेमिफाइनलमा स्थान बनायो। इनटेक नजिक खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा भीनस एफसी-ले ग्लेनबर्न युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रेजान माझीले २ गोल गरे। यसरी नै ग्लेनबर्न युनाइटेडबाट अर्पण गुरुङले गोल गरे। रेजान माझीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ८ जनवरीको दिन खेलिने सेमिफाइनलमा आजको विजेता भीनस एफसी- ले अम्बोटिया एफसी- को चुनौती स्वीकार्नेछ। दुईवटा सेमिफाइनल ८ र १५ जनवरीमा खेलिनेछ। टुर्नामेण्टको फाइनल आउँदो साल २२ जनवरीमा हुनेछ। आयोजक समितिका अध्यक्ष हिम्मत प्रधानले बताएअनुसार, टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।