नाम्ची: नाम्ची जिल्लाअन्तर्गत पोकलोक-समाटारको रत्न ज्योति कल्बले आज आफ्नो माणिक जयन्तीको समापन कार्यक्रम आयोजना गन्यो। उक्त कार्यक्रम गत ११ दिसम्बरदेखि शुरू भएको थियो। आजको कार्यक्रममा नन्दुगाउँ खण्ड विकास अधिकारी मुकेश दहाल मुख्य अतिथि रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै अधिकारी दहालले आयोजक कल्बले गरिरहेका सामाजिक कार्यहरूको प्रशंसा गरे यस्तै कार्यहरूले नै समाज अघि बढ्ने मन्तव्य उनले राखे।
आफ्नो स्वागत भाषण राख्ने क्रममा आयोजक समितिका अध्यक्ष जीपी शर्माले १८ दिसम्बर, १९८२ मा स्थापना भएको यस कल्बका संस्थापक सदस्यहरूको स्मरण गराए। वनभोजबाट उब्रिएको पैसाले गाउँको हितका लागि अग्रजरूले यस कल्ब गठन गरेको कुराको उनले जानकारी गराए । उनीहरूकै दूरदर्शिताको कारणले आज गाउँले राम्रा कामहरू गर्दै अघि बढ्ने काम जारी राखेको उल्लेख गरे। यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य गाउँका प्रतिभाहरूलाई प्रोस्थान गर्नु रहेको उनले बताए।
क्रममा नृत्य प्रतियोगिता पनि भएको थियो। यस प्रतियोगितामा युवा समाज प्रथम, प्रणदीपा र साथीहरू दोस्रो अनि उत्थान संघ हर्राबोटे तेस्रो भए। कार्यक्रममा स्थानीय कविहरूले कविता वाचन पनि गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको राज्यस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा सालघारी युथ कल्बले रिदाङलाई पराजित गन्यो। उत्तर-पूर्वीयस्तरीय भलिबल फाइनल खेलमा नेपाल गण्डकी प्रदेशले मणिपूरलाई पराजित गयो।
यस अवसरमा आयोजक समितिका संरक्षक केवलप्रसाद शर्मा, एसकेएम पार्टीको पोकलोक- कामराङ समष्टिका सीएलसी अध्यक्ष दाउग्याल लेप्चा आदिको पनि उपस्थिति रहेको थियो।











