मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहले पनि गरे जेत्सनलाई भोट गरिदिने अपील

IMG-20221218-WA0303.jpg

गान्तोक: जीटीभी सारेगामापा लिटल च्याम्पमा आफ्नो जादुमयी आवाजले सबैलाई मन्त्रमुग्ध बनाइरहेकी सिक्किमकी छोरी जेत्सन डोना लामालाई प्रतियोगितामा अघि बढ़ाउन हाल जेत्सन डोना लामा सपोर्ट क्लबको अगुवाईमा राज्यभरि नै भोटिङको अभियान चलाइँदैछ। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा हिजो राज्यभरिका विभिन्न संघ-संस्थाहरूको प्रतिनिधिहरू रहेको जेत्सन डोना लामा सपोर्ट क्लब गठन गरिएको छ। आज दिनभरि नै राजधानी गान्तोक लगायत राज्यभरि विभिन्न ठाउँमा जेत्सन डोना लामालाई भोट गर्न समितिले व्यापक अभियान चलाइयो। जीटीभीमार्फत राष्ट्रिय स्तरमा सिक्किम अनि सिक्किमेली जनसमुदायको नाम रोशन गर्ने जेत्सन डोना लामालाई च्याम्पियन बनाउन सबैले हात बढ़ाउनुपर्ने यस संगठनले सबैमा अपील गरेको छ। उनलाई भोट गर्न हामीसमक्ष भोलि बिहान ९ बजीसम्मको समय रहेको छ। जेत्सनलाई भोट गर्न ९१५२९१५२२७-मा तपाईले मिस कल गर्न सक्नुहुनेछ। एउटा नम्बरबाट केवल एकपल्ट मात्र मिस कल गर्नु सकिन्छ।

हिजोको जीटीभी सारेगामापा लिटल च्याम्पको एपिसोडमा जेत्सन लामाले उत्कृष्ट प्रस्तुति दिएर बलिवूडका निर्माता/निदेशक रोहित शेट्ठीसम्म मन्त्रमुग्ध बनेका थिए। रोहित शेट्ठीको विचारसँग सहमति जनाउँदै बलिवूडका लोकप्रिय गायक/संगीतकार शंकर महादेवबर्मनले जेत्सनको गीत रेकर्ड गराउने घोषणा गरेका छन्। यस्तो प्रतिभाशाली नानीलाई अझ अघि बढ़ाउन हामी सबैमा सुनौलो अवसर रहेको छ।

जेत्सनको प्रस्तुतिबाट प्रभावित बन्दै मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहले पनि जेत्सन डोना लामालाई भोट गर्न अपील गरेका छन्। आफ्नो फेसबूक पेजमार्फत उनले यसबारे एउटा स्ट्याटस हालेका छन्। जेत्सनमा ईश्वरीय देन रहेको उल्लेख गर्दै मणिपुरका मुख्यमन्त्री सिंहले सारेगामापा लिटल च्याम्पमा उनको निरन्तर उत्कृष्ट प्रदर्शनीले आफूसम्म प्रभावित बनेको बताएका छन्।

About Author

Advertisement