स्वर्ण जयन्ती समारोहमा शिक्षा मन्त्री कुंगा निमा लेप्चाको सहभागिता

IMG-20221218-WA0301.jpg

गान्तोक: पश्चिम सिक्किम मानेबुङ-देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत मिलिङ कर्मटार सरकारी माध्यमिक विद्यालयमा आयोजना भइरहेको सातौं दिन स्वर्ण जयन्ती समारोह कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री कुंगा निमा लेप्चा, मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै एसकेएम पार्टीको उपाध्यक्ष पूर्णहाङ सुब्बा, पश्चिम जिल्लाका जिल्ला उपाध्यक्ष अनिता राई, पश्चिम जिल्ला संगठनका महासचिव सुदेश कुमार सुब्बा, क्षेत्र उप सभापति दावा नरबु शेर्पा, जल संसाधनका अध्यक्ष पेमा शेर्पा, स्याब्को-का अध्यक्ष जेबी लिम्बु विभिन्न क्षेत्रका टेरिटोरियलका जिल्ला पञ्चायत, पञ्चायतगणलगायत बिभिन्न सरकारी बिद्यालयबाट प्रधान अध्यापक, शिक्षक शिक्षिकागण साथै धेरै जनसमुदायहरुको उपस्थिति रहेको थियो।
आजको कार्यक्रम शिक्षा मन्त्री कुङगा निमा लेप्चाद्वारा द्वीप प्रज्वलनका साथ आयोजक समिति द्वारा उपस्थित मुख्य अतिथि लगायत विशिष्ट अतिथिगणहरुलाई माला अर्पण द्वारा स्वागत जनाई कार्यक्रमको शुभारम्भ गरियो।
विशेष कार्यक्रममा बिभिन्न संस्कृति नृत्य, खेल कुत पुरूष भलिबल , महिला लातेभकुण्डो पहिलो खेल साङखु रद्धु खण्डु जि पि यु बनाम सोपाखा जि पि यु रहेको थियो भने दोस्रो खेल गिताङ जि पि यु बनाम बाङतेन जीपियू माझ भिडन्त भएको थियो भने बिभिन्न विद्यालयबाट साहित्यिक कृयाकलाप बिजेता विद्यार्थी नानीहरुलाई मन्त्रीद्वारा प्रमाण पत्र वितरण गरियो।
शिक्षा मन्त्री कुन्गा निमा लेप्चाद्वारा वर्तमान सिक्किम सरकारले शिक्षाको क्षेत्रमा धेरै सुविधाहरु उपलब्ध गराएको छ भने आउने दिनहरुमा आवश्यक परे सिक्किम सरकार सधैं साथ रहने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement