छात्रा हत्या मामिला: आरोपीको बाइक धुपगढीबाट उद्धार

IMG_20221218_202449.jpg

सिलगढी: सिलगढीमा १२ वर्षीय छात्रालाई अपहरण गरेपछि हत्या गरेको मामिलाको आरोपीलाई पुलिस हालसम्म पनि पक्राउ गर्न सकेको छैन। यो घटना घटेको आज ११ दिन बितिसकेको छ।प्रधान नगर थानाले गत राती अपहरणकर्ता मनोज रायको बाइक धुपगढीमा तिनको आफन्ताको घरबाट उद्धार गरेको बताइएको छ। गोप्य सूचनाको आधारमा गत राती सिलगढी मेट्रोपोलिटन पुलिसका एसीपी मनीष यादव र प्रधान नगर थानाका आईसीको एउटा टोलीले धुपगढीमा अभियान चलाएर अपहरणकर्ता मनोज रायको बाइक उद्धार गरेको छ। अर्कोतिर, पुलिसले आरोपी मनोजको मोबाइल लोकेशन र गोप्य सूचनाको आधारमा तिनी आन्धप्रदेशमा लुकेर बसेको थाहा पाएछि पुलिसको एउटा टोली आन्धप्रदेशतर्फ प्रस्थान गरेको छ। उल्लेखनीय छ, गत ५ दिसम्बरमा दक्षिण पलाश इलाका निवासी १२ वर्षीय छैटौं श्रेणीको छात्रालाई छिमेकी ज्वाइँ मनोज रायले अपहरण गरेको थियो। अपहरण गरेको आठ दिनपछि गत १३ दिसम्बरमा सुकुना चियाकमानबाट सो छात्राको मृतदेह उद्धार भएको थियो। उक्त घटनाको ११ दिन बितिसक्दा पनि हालसम्म आरोपीलाई पक्राउ गर्न सकिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement