युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजन आइतवारदेखि शुरु भयो। सिंगबुली पब्लिक ग्राउण्डमा आज खेलिएको उद्घाटन म्याचमा खरसाङको मिक्स्ड अप् बोइजले सिंगबुली रकर्सलाई ५-२-ले पराजित गऱ्यो। बुधवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच संयुक्त मञ्च मरमाह र निगाले एफसी- बीच खेलिनेछ। यसरी नै दोस्रो म्याचमा जंक्शन स्टार्स सिलगढ़ी र टिंगलिंग एफसी- बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।