दार्जीलिङको सिंहमारी नजिक सूम टी स्टेटको सूम भेटरन्स क्लबको तत्त्वावधानमा स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो सीजन आइतवारदेखि शुरु भयो। आज भएको उद्घाटन म्याचमा पशुपति युनाइटेडले गत सीजनको च्याम्पियन छुजाचेन स्पोर्टस एकाडमी (सीएसए)- लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पुजन मंगरले २ अनि नवराज राईले १ गोल गरे। पुजनलाई प्लेयर अव् द म्याच चयआज मुख्य अतिथिको रूपमा अलोक कान्तामणि थुलुंग उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिको रूपमा सतीश पोख्रेल, अमृत योञ्जन, निर्मल छेत्री र सागर प्रधान (इञ्चार्ज सिंगमारी टीओपी) उपस्थित थिए। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ।

यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए। विनर ट्रफी सृजना आले बस्नेतले आफ्नी बोजु मनमाया बस्नेतकी स्मृतिमा डोनेट गरेकी हुन्। यसरी नै रनर अप् ट्रफी भीम कुमार राईले आफ्नी आमा रानु राईकी स्मृतिमा डोनेट गरेका छन्। आज म्यूनिसिपल बोइज स्कूलको ब्याण्ड डिस्प्ले मुख्य आकर्षण रह्यो।