पाँचौं जनकल्याण विशिष्ट सम्मानले शिक्षक तथा समाजसेवी सोमनाथ शर्मा सम्मानित

19-31-39-KAL.jpg

कालेबुङ: कालेबुङ जनकल्याण संघले आफ्नो २८औं स्थापना दिवस पालन गर्यो।यस अवसरमा एउटा कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा शिक्षक तथा समाजसेवी सोमनाथ शर्मालाई पाँचौं जनकल्याण विशिष्ट सम्मानले सम्मान जनाइयो। जनकल्याण संघका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। यस कार्यक्रममा गणेश हाई स्कुलका प्रधान अध्यापक आरपी तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसै गरी अन्य अतिथिहरूमा पीआरओ अनुप छेत्री, सभासद सुमन गुरुङ, भुवन पी खनाल, भुवन नेपाल, टीबी बस्नेत, दीपिका छेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए संस्थापक अध्यक्ष सीपी भण्डारीको तस्विर अधि द्वीप प्रज्ज्वलन गरेपछि शुरू गरिएको कार्यक्रमलाई अध्यक्ष सुनिल काफ्लेले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement