राष्ट्रीय प्राणी सम्पद विकास सप्ताह समारोह पालन गर्दै बाख्रा र कुखुराहरू चल्लाहरू वितरण

IMG-20221218-WA0269.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत दुधिया सार्वजनिक भवनमा २५औं प्राणी सम्पद विकास समारोह खरसाङ खण्डद्वारा सम्पन्न भएको छ। उक्त कार्यक्रममा पंखबारी लंगभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधान, सुमेन्दा प्रधान, सह-अभियान्त एआडी जीटीए,असीम राज राणा एआडी, देवेन्द् प्रधान, सन्तोस लामा, समष्टि सचिव ललित प्रधान, प्रचार प्रसार सचिव जिनोद परियार, दुधिया खण्ड समिती अध्यक्ष नन्द कुमार थामी, सचिव पप्पु तामाङ, लंगभ्यु संयोजक मौसम लामा आदि उपस्थित रहेका थिए। यसै कार्यक्रममा क्षेत्रका स्वनिर्भर दलहरूलाई बाख्राको बच्चाहरू र कुखुराका चल्लाहरू वितरण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएको कार्यकारी सभासद एंव लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभासद कल्पना प्रधानले राष्ट्रीय प्राणी सम्पद विकास सप्ताह समारोहमा स्वनिर्भर दलहरूका सदस्याहरूलाई कुखुराका चल्लाहरू र बाख्राका बच्चाहरू वितरण गरेर रोजगारीमा प्रोत्साहन दिएको बताउँदै यसरी विभागले सहयोग गरेर स्वनिर्भर बनाउन सहयोग गरिएको बताएका छन्। यस राष्ट्रीय प्राणी सम्पद विकास सप्ताह समारोहमा सम्बन्धित विभागका अधिकारीहरू क्रमैले डा. असीमराज राणा, डा. देबेन्द्र प्रधान, डा. अभिजित मण्डल, डा. समीर राई, डा. अमीत सरकार, डा. हिरालाल हेमब्रम, डा. निङमा छिरिङ भोटिया, डा. प्रतिक घोष डा अरूण छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement