सिलगढ़ीको डागापुर मर्निंग क्लब (डीएमसी)-को तत्त्वावधानमा आयोजित दुईदिने नक्आउट भेटरन्स (४० प्लस) फूटबल टुर्नामेण्टमा रोयल एफसी भेटरन्स लगातार दोस्रोपल्ट च्याम्पियन भयो। दार्जीलिङ मोड़ नजिक डागापुर फूटबल मैदानमा आइतवार भएको फाइनल म्याचमा रोयल एफसी भेटरन्सले डीएमसी भेटरन्सलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट विनोद बान्तावा र समीरले गोल गरे। यसअघि आज खेलिएको पहिलो सेमिफाइनलमा डीएमसी भेटरन्सले गितडाब्लिंग भेटरन्सलाई टाईब्रेकरमा पराजित गऱ्यो। यसरी नै दोस्रो सेमिफाइनलमा रोयल एफसी भेटरन्सले डुवर्स राइनो भेटरन्सलाई १-०-ले पराजित गऱ्यो।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई मदन छेत्री स्मृति विनर्स ट्रफी प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई हनुमान दास अग्रवास रनरअप् ट्रफी प्रदान गरियो। यसबाहेक व्यक्तिगत पुरस्कारहरूमा डीएमसी भेटरन्सका पेमा लामाले सर्वाधिक गोलदाता र सन्दीप छेत्रीले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। यसरी नै रोयल एफसी- का उत्तम रोयले बेस्ट गोलकीपरको पुरस्कार जिते।

आज फाइनलमा मुख्य अतिथिको रूपमा पापिया घोष (दार्जीलिङ जिल्ला तृणमूल कंग्रेस समतलकी अध्यक्ष) र तृणमूल कंग्रेस कमिटीका चेयरम्यान आलोक चक्रवर्तीसहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।