अर्जेन्टिनाको जर्सीको रंगले रंगिएको रसगुल्ला र अन्य मिठाइहरू
सिलगढी: फुटबल विश्वकपको फाइनल खेललाई लिएर फुटबल प्रेमीहरुको उत्साह दिन प्रतिदिन बढिरहेको छ। तर, यसपटक मिठाई बिक्रेतामा पनि यो उत्साह देखियो। एनजेपी क्षेत्रमा मिठाई व्यवसायीले अर्जेन्टिनाको जर्सीको रंगमा मिठाई बनाउँदै गरेको देखियो। रसगुल्ला मात्र होइन, लङ्चा र अन्य मिठाई पनि यहाँ अर्जेन्टिनाको जर्सी रंगको बनेको छ। यति मात्रै होइन, पसल स्वयं अर्जेन्टिनाको समर्थक भएकाले मिठाई बिक्रेताले पुरै पसललाई अर्जेन्टिनाको झण्डाले सजाइदिएका छन्। पसलको वरिपरि अर्जेन्टिनाका फुटबल खेलाडी मेस्सीको तस्बिर पनि राखिएको छ।

मिठाई व्यवसायी राजीव घोषले भने, ‘विश्वकप फुटबलको फाइनल खेलमा आज अर्जेन्टिना र फ्रान्स आमनेसामने भएकाले अर्जेन्टिनाको समर्थकका रुपमा पूरै पसल सजाएको छु। अर्जेन्टिनाका फ्यानहरू बिहानैदेखि ठूलो संख्यामा आएका छन् र धेरै खरिद गरिरहेका छन्।