सियोल: उत्तर कोरियाले यसै हप्ता नयाँ प्रणालीसहित ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ। यो घोषणा गरेको केही दिनपछि उत्तर कोरियाले फेरि मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाले मिसाइल परीक्षणको पुष्टि गरेको छ। किम जोङ उनले दुईवटा ब्यालेस्टिक मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाले गरेको नयाँ मिसाइल प्रक्षेपणले कोरियाली प्रायद्वीपमा फेरि एकपटक सैन्य तनाव बढाएको छ। उत्तर कोरियाले पछिल्ला केही दिनदेखि लगातार मिसाइल प्रक्षेपण गरिरहेको छ। गत महिना यसले आफ्नो सबैभन्दा घातक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। यस हप्ता उत्तर कोरियाले ठोस इन्धन मोटर प्रणालीको साथ नयाँ प्रविधिको मिसाइल प्रक्षेपण गरेको थियो।
दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार उत्तर कोरियाको टोङ्चाङ-री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ। उक्त क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहान ११:१३ देखि १२:०५ बजेको बीचमा जापानको सागरमा प्रहार गरिएको थियो। जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेना अमेरिकासँगै पूर्ण तयारी अवस्थामा छ। अनुगमन र सतर्कतालाई बलियो बनाइएको छ। उत्तर कोरियाले केही दिनअघि ‘हाइ थ्रस्ट सॉलिड फ्युल मोटर’ परीक्षण गरेको थियोl’ सरकारी मिडियाले यसलाई नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको रूपमा वर्णन गरेको छ। उत्तर कोरिया नजिक यस्तो प्रविधिको उपस्थिति अमेरिकाका लागि पनि खतरा हो। यस्तो प्रविधिबाट उत्तर कोरियाले अमेरिकासम्म पुग्ने आफ्नो ब्यालेस्टिक मिसाइलको साइज घटाउन सक्छ, जसले तिनीहरूलाई पत्ता लगाउन गाह्रो बनाउन सक्छ।
केही विज्ञहरू भन्छन्, ‘उत्तर कोरियाले यस्तो परीक्षण गरेर अमेरिकालाई दबाब दिन चाहन्छ, ताकि उसलाई प्रतिबन्धबाट राहत मिलोस्। उत्तर कोरियाको आणविक स्ट्राइक क्षमताको सही स्थिति अझै गोप्य छ। किनभने हालका वर्षहरूमा गरिएका सबै क्षेप्यास्त्र परीक्षणहरूले छिमेकी देशहरूबाट बच्नको लागि तीखो कोण बनाएका छन्। उत्तर कोरियाले बारम्बार अमेरिकालाई आणविक हमलाको धम्की दिएको छl’