सिलगढी: सिलगढीमा एक व्यक्तिले छाडा कुकुरलाई बलात्कार गरेको आरोप लागेको छ। प्रहरीले कुकुरको स्वास्थ्य परीक्षण गरेपछि आरोपितलाई पक्राउ गरेको हो। घटना आशिघर चौकी अन्तर्गतको डबग्राम दो ग्राम पञ्चायतको पूर्वी फकदईबारी क्षेत्रको हो। मङ्सिर १३ गते गोपाल दास नामका व्यक्तिले रातको अँध्यारोमा छाडा कुकुरलाई बलात्कार गरेको आरोप छ। त्यसपछि पशु प्रेमी प्रिया रुद्रले शुक्रबार राति आसिघर चौकीमा गोपाल दासको नाममा लिखित उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ। आइतबार कुकुरको मेडिकल गरिएको थियो। यसपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो।