के साँच्चै एलियनहरु हुन्छन्? के युएफओबाट पृथ्वी भ्रमण गर्न आएका थिए?

Alien

वासिङ्टन: अमेरिकी वरिष्ठ सैन्य अधिकारीहरूले एलियनबारे ठूलो खुलासा गरेका छन्। उनीहरुले शुक्रबार पेन्टागनले युएफओसँग सम्बन्धित अनुसन्धानमा त्यस्तो कुनै प्रमाण नभेटिएको बताए, जसबाट एलियन्स पृथ्वीमा आएका हुन् वा यूएफओ दुर्घटना भएको हो भन्न सकिन्छ। यससँगै उनले अन्तरिक्ष होस् वा पानीमा अज्ञात वस्तुहरू पत्ता लगाउन पेन्टागनसमक्ष सयौं रिपोर्टहरू छन्, जसको अनुसन्धान भइरहेको छ। अहिलेसम्म भएको अनुसन्धानमा एलियनको अस्तित्व खुल्ने कुनै पनि कुरा खुलेको छैन।

अमेरिकी रक्षा उपसचिव रोनाल्ड मोल्ट्रीले भने, ‘अहिलेसम्म, मैले कुनै पनि एलियन इन्काउन्टर वा एलियन स्पेसक्राफ्ट दुर्घटना भएको सुझाव दिने कुनै कागजात देखेको छैनl’ पेन्टागनमा नवनिर्मित अल-डोमेन एनोमाली रिजोल्युसन अफिस (एएआरओ) का निर्देशक सीन किर्कप्याट्रिकले अहिलेसम्म कुनै पनि विदेशी जीवनलाई अस्वीकार गरेका छैनन् र उनले अनुसन्धानमा वैज्ञानिक दृष्टिकोण लिइरहेको बताएका छन्। एआरओ स्थापना भएदेखि पहिलो पटक सञ्चारमाध्यमसँग कुरा गर्दै किर्कप्याट्रिकले भने, ‘म यति मात्र भन्न चाहन्छु कि हामीले हाम्रो विश्लेषणलाई निकै गहिरो र कडा बनाउने तयारी गरिरहेका छौं। हामी यो पार गर्नेछौं। एक भौतिकशास्त्रीको हैसियतमा मैले वैज्ञानिक विधि अपनाउनुपर्छ र म डाटातर्फ अघि बढ्नेछु। एएआरओले सैन्य प्रतिष्ठानहरू नजिकको अस्पष्ट गतिविधिमा नजर राख्ने लक्ष्य राख्छ। यसका साथै यसले सैन्य अपरेशनको सुरक्षा र राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित खतराहरू पहिचान गर्न मद्दत गर्नेछ। गत वर्ष जारी गरिएको प्रतिवेदनअनुसार सन् २००४ देखि अमेरिकी सेनाले १४० भन्दा बढी अज्ञात हवाई घटना (युएपी) रेकर्ड गरेको छ। सन् २०२१ रिपोर्टमा दस्तावेज गरिएको उही युएपी पेन्टागन भिडियोमा पनि देखियो। कर्कप्याट्रिकले त्यसबेलादेखि सयौं केसहरू रिपोर्ट गरिएको बताए। यकिन तथ्यांक छिट्टै खुल्नेछ। तर नौसेनाका एक अधिकारीले मई महिनामा युएफओ हेर्ने ४०० घटनाहरू रेकर्ड गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement