कृष्ण सेभेन च्याम्पियन

IMG-20221218-WA0111.jpg

युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा कृष्ण सेभेन (गोपाल धारा) च्याम्पियन भयो। मञ्जु खेल मैदानमा शनिवार भएको फाइनलमा कृष्ण सेभेनले भोला सेभेन (सिंगबुली)- लाई २-१-ले पराजित गऱ्यो। फाइनलमा मुख्य अतिथिको रूपमा अरुण सिग्ची (स्वास्थ्य अनि अल्पसंख्यक जनकल्याण विभागका भारप्राप्त सभासद, जीटीए) उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement