राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा टिस्टा एफसी र पहाड़ी युवा संघले क्वार्टर फाइनलमा स्थान बनायो। ग्राम सेवक (Gram Sewak) प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा शनिवार भएको पहिलो म्याचमा टिस्टा एफसी-ले थ्री कोन (दार्जीलिङ) -लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा पनि पहाड़ी युवा संघले लंकू एफसी-लाई टाईब्रेकरमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










