रोलक र लङकूमा हाम्रो पार्टीको कार्यकर्ताहरू

IMG-20221218-WA0056.jpg

स्थानीय बासिन्दाहरूले सुनाए भोग्दै आएको समस्याहरू


दार्जीलिङ: रोलक र लङकूको समस्या हरू बुझन पूग्यो हाम्रो पार्टीको कार्यकर्ताहरू। सिटोङ लाटपन्चर समष्टिको अध्यक्ष तीमति मुखियाँ र खरसाङ महकुमा समितिको प्रमुख सल्लाकार सुमन तामाङको नेतृत्वमा हाम्रो पार्टीको कार्यकर्ताहरूले आज रोलक र लङकू क्षेत्रको भ्रमण गरयो।यस अवधि स्थानीय बासिन्दाहरूले भोग्दै आई रहेको समस्याहरू माथि चर्चा परिचर्चा गरयो।

स्थानीय समस्याहरूको समाधान गर्न हाम्रो पार्टीको गठन भएको हो।समाज सेवी अजय एडवार्डसले मानिसहरूले भोग्दै आई रहेको समस्याहरू लाई समाधान गर्दै आई रहेका थिए तर पहाडदेखि तराई डुवर्स क्षेत्रको भ्रमण गर्दै हिडदा समस्याहरूको पहाड देखा परेपछि यी समस्याहरूको समाधान राजनीति पार्टीको माध्यमद्वारा मात्र सम्भाव रहेको आभास भएपछि हाम्रो पार्टीको गठन भएको हो। हाम्रो पार्टीले गाउँ बस्ती, चिया बगान, सिन्कोना बगान साथै शहरीय क्षेत्रका बासिन्दाहरूले भोग्न परी रहेको समस्याहरूलाई समाधानको गर्ने साथै पहल गर्ने कार्य हरू पनि गर्दै आई रहेको छ।

यसैक्रममा आज हाम्रो पार्टीको खरसाङ महकुमा समितिको प्रमुख सल्लाकार सुमन तामाङ र हाम्रो पार्टीको समष्टि अध्यक्ष तीमति मुखियाँको नेतृत्वहरूमा रोलक र लङकू क्षेत्रको भ्रमण गर्दै स्थानीय मानिसहरूसंग भेट गरयो।रोलक र लङकू का बासिन्दाहरूले हाम्रो पार्टीको नेतृत्वहरूलाई भब्य स्वागत जनाउँदै आफुहरूले भोग्दै आई रहेको समस्याहरू विस्तार पूर्वक सुनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement