दीपक गजमेर स्मृति भेटरन फूटबलः यूकेएफसी भेटरन्स फाइनलमा

photocollage_2022121801029608.jpg

घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) भेटरन्सले फाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा यूकेएफसी भेटरन्सले कालेबुङ भेटरन्सलाई ५-१-ले पराजित गऱ्यो। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement