दार्जीलिङ: एंव महिना दिनभित्रमा क्षेत्रीय सभासदले आफ्नो वचन पूरा नगरे हाम्रो पार्टीले एक्सनमा आउने चेतावनी दिएको छ। २४ नम्बर समष्टिको हाम्रो पार्टीका महासचिव जुगल प्रधानले नयाँ कमान क्षेत्रको बासिन्दाहरूलाई नेताहरूले चूनावको अवधि बाटो निर्माण गरिदिने आश्वसन मात्र दिँदै आइरहेको बताए। सन् २०२१ गतमा २४ नम्बर समष्टिअन्तर्गत नयाँ कमानमा बाटो निर्माणको शिलान्यास कार्य गरिएको थियो, तर यतिका वर्षहरू बितिसक्दा पनि नयाँ कमान बाटोको पूर्ण निर्माण कार्य भएको छैन। पश्चिम बङ्गालको विधानसभा चुनावको अवधिमा नेताहरूले जेसीभी ल्याएर बाटो खन्ने कामहरू गरेको तर बाटो निर्माण कार्य पूरा गर्ने काम नगरेको प्रधानले बताएका छन्। गत जीटीए सभाको चुनाव अवधिमा पनि नयाँ कमानका बासिन्दाहरूलाई बाटो निर्माण कार्य शीध्र नै गरिने वाचाहरू गरेर पनि सो पूरा नभएको उनको भनाइ छl ‘चुनावको चुनावअघि यस क्षेत्रको नाम चलेको कम्पनीले बाटोको निर्माण कार्य शुरू गर्ने काम गरेको थियोl त्यस अवधि हजार गोलाईको निर्माण कार्य पनि गरिएको थियोl तर गोलाई लगाएको वालहरू सबै भत्किएर गइसकेको छl भत्किएको गोलाईको कारणले गर्दा भस्मे गाउँको स्थिति चिन्ता जनक भएको छ’, उनले आरोप लगाउँदै भनेका छन्l










