फीफा वर्ल्ड कपः फ्रान्स र अर्जेण्टिनाबीच मैदानमा अहिलेसम्म १२ पल्ट भिड़न्त, मेस्सीको टीम धेरै अघि

IMG-20221217-WA0105.jpg

फीफा वर्ल्ड कपको फाइनल विश्वभरि सबैभन्दा धेर हेरिने इभेण्टहरूमा सामेल छ। आइतवार राति लुसैल स्टेडियममा फीफा वर्ल्ड कप २०२२-को फाइनल म्याच खेलिनेछ। यस म्याचमा दुईपल्टको च्याम्पियन अर्जेण्टिना र वर्तमान च्याम्पियन फ्रान्सबीच भिड़न्त हुनेछ। फ्रान्सले पनि यसअघि दुईपल्ट वर्ल्ड कप जितेको छ। यसरी आइतवार कुनै एउटा टीम तेस्रोपल्ट वर्ल्ड च्याम्पियन बन्नेछ। यो अर्जेण्टिनाका कप्तान तथा चमत्कारी स्ट्राईकर लियोनल मेस्सीको वर्ल्ड कपमा अन्तिम म्याच पनि हुनेछ।
अहिलेसम्म फूटबल मैदानमा अर्जेण्टिना र फ्रान्सबीच १२ पल्ट भिड़न्त भएको छ। यसमा अर्जेण्टिनाले ६ वटा म्याच जितेको । फ्रान्सले केवल तीनवटा म्याच जितेको छ। यसरी नै तीनवटा म्याच ड्र रहेको थियो। यी दुई टीमबीच पहिलोपल्ट भिड़न्त १९३०-को वर्ल्ड कपमा भएको थियो। त्यस म्याचमा अर्जेण्टिना १-०-ले विजयी भएको थियो। फ्रान्सलाई अर्जेण्टिना विरुद्ध पहिलो जीत १९७१-मा खेलिएको इण्टरनेशनल फ्रेण्डलीमा हासिल भएको थियो। त्यस म्याचमा फ्रान्स ४-३-ले विजयी भएको थियो।
फ्रान्स र अर्जेण्टिनाबीच अहिलेसम्म भएको म्याचहरूः
१५ जुलाई १९३०- अर्जेण्टिना १-० ले विजयी
३ जून १९६५- म्याच ०-० ले ड्र
८ जून १९७१- फ्रान्स ४-३ ले विजयी
१२ जनवरी १९७१- अर्जेण्टिना २-० ले विजयी
२५ जून १९७२- म्याच ०-० ले ड्र
१८ मई १९७४ अर्जेण्टिना १-० ले विजयी
२६ जून १९७७- म्याच ०-० ले ड्र
०६ जून १९७८- अर्जेण्टिना २-१ ले विजयी
२६ मार्च १९८६- फ्रान्स २-० ले विजयी
०७ फरवरी २००७- अर्जेण्टिना १-० ले विजयी
११ फरवरी २००९- अर्जेण्टिना २-० ले विजयी
३० जून २०१७- फ्रान्स ४-३ ले विजयी
यी दुई टीमबीच अन्तिमपल्ट २०१८-मा भि़ड़न्त भएको थियो। त्यस म्याचमा फ्रान्स ४-३-ले विजयी भएको थियो। त्यो टुर्नामेण्टको प्री क्वार्टर फाइनल म्याच थियो। त्यस म्याचमा फ्रान्सबाट कीलियन एम्बाप्पेले २ गोल गरेका थिए। उनी यसपाली पनि फ्रान्सीसी टीममा रहेका छन्। उनले टुर्नामेण्टमा ५ वटा गोल गरिसकेका छन्। चार साल अघि भएको त्यस म्याचमा मेस्सीले गोल गर्न सकेका थिएनन् तर यसपाली उनी असाधारण फर्ममा रहेका छन्। यसैकारण फाइनल म्याच चरम रोमाञ्चक रहने तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement