फीफा वर्ल्ड कपः ड्रीम फाइनलमा मेस्सी अघि एम्बाप्पेको चुनौती

IMG-20221217-WA0099.jpg

वर्तमान च्याम्पियन फ्रान्स र दुईपल्टको च्याम्पियन अर्जेण्टिनाबीच फीफा वर्ल्ड कप २०२२-को फाइनल म्याच आइतवार खेलिनेछ। यस ड्रीम फाइनलमा चमत्कारी स्ट्राईकर लियोनल मेस्सी अघि वर्तमान समयका सबैभन्दा प्रतिभाशाली युवा फूटबलर कीलियन एम्बाप्पे रहनेछन्। फ्रान्स र एम्बाप्पेले बिहीवार राति मोरक्कोको ऐतिहासिक अभियानमा विराम लगाउँदै एकपल्ट फेरि फूटबल महासमरको खिताबी लड़ाइँमा स्थान बनाएको थियो। यसरी विश्वभरिका करोड़ौं फूटबलप्रेमीहरूलाई एउटा ड्रीम फाइनल हासिल भयो। फाइनलमा दुई दिग्गज खेलाड़ीबीच गोल्डन बूट-को निम्ति पनि अलग लड़ाइँ हुनेछ कारण मेस्सी र एम्बाप्पेसँग अहिले ५-५ गोल रहेको छ। यसबीच मोरक्कोले चाहिँ तेस्रो स्थानको म्याचमा शनिवार क्रोएशियाको चुनौती स्वीकार्नेछ।
फ्रान्सले पहिलोपल्ट सेमिफाइनलमा पुग्ने अफ्रिकी टोली मोरक्कोलाई २-०-ले पराजित गऱ्यो। त्यस म्याचमा एम्बाप्पेले पाँचौं मिनटमा थियो हर्नाण्डेज र ७९औं मिनटमा सब्स्टीट्यूड खेलाड़ी राण्डाल कोलो मुआनीलाई गोल दिलाउनमा सूत्रधरको भूमिका निर्वाह गरे। अब फ्रान्सको नजर १९६२-मा ब्राजीलपछि खिताब रक्षा गर्ने पहिलो टीम बन्नुमा रहनेछ। एम्बाप्पेसँग ३५ वर्षीय मेस्सीको टोली विरुद्ध चमत्कारी प्रदर्शन गरी फूटबलको महानतम् खेलाड़ीहरूमा आफ्नो नाम दर्ता गराउने मौका हुनेछ। चार साल अघि रुसमा भएको वर्ल्ड कपमा फ्रान्सको खिताबी जीतमा उनले असाधारण प्रदर्शन गरेका थिए। त्यस समयदेखि एम्बाप्पेले गत १५ सालदेखि विश्व फूटबलमा जारी मेस्सी र क्रिस्टियानो रोनाल्डोको शासनलाई सीधा चुनौती दिएका थिए। यसपाली उनीसँग लगातार दुईपल्ट वर्ल्ड कप जित्ने महान पेलेको उपलबब्धिलाई दोहोऱ्याउने मौका हुनेछ।
धेरै दृष्टिकोणले यो एउटा ड्रीम फाइनल हुनेछ। आइतवार फ्रान्स ६० सालमा लगातार दुईपल्ट वर्ल्ड कप जित्ने पहिलो टीम बन्न चाहन्छ। यसरी नै अर्जेण्टिनाई टीम आफ्नो नायक मेस्सीलाई उनको अन्तिम वर्ल्ड कपमा ट्रफी उपहार दिन चाहन्छ। मध्यपूर्वमा पहिलोपल्ट भइरहेको वर्ल्ड कपमा अरबको कुनै टीम बाँचेको छैन। अफ्रिकी टीम मोरक्कोले ऐतिहासिक प्रदर्शन गर्दै स्पेन र पोर्तुगल जस्तो यूरोपेली महाशक्तिहरूलाई नक्आउट राउण्डमा पराजित गऱ्यो। त्यसअघि मोरक्कोले क्रोएशिया र बेल्जियम जस्तो टीमहरू रहेको ग्रुपमा पनि शीर्ष स्थान हासिल गरेको थियो। यसरी कतरमा भइरहेको वर्ल्ड कपमा फ्रान्स र अर्जेण्टिनाको चमत्कारी प्रदर्शनको साथमा मोरक्कोको ऐतिहासिक अभियान यादगार कुरा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement