मोर्डन स्कूलको वार्षिक पुरस्कार वितरण समारोहमा विधानसभा अध्यक्ष उप्रेतीको सहभागिता

IMG-20221217-WA0002.jpg

गान्तोक: सिक्किम विधान सभाका अध्यक्षले अरुण उप्रेतीले मोर्डन सिनियर सेकेण्डरी स्कूलको वार्षिक पुरस्कार वितरण समारोहमा सहभागि भएर विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे। स्कूलको सम्मेलन कक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित अध्यक्ष उप्रेतीसित विशेष अतिथिका रुपमा उद्योग बोर्ड अध्यक्ष छुङछुङ भोटिया उपस्थित थिए। वार्षिक पुरस्कार दिवस समारोहलाई सम्बोधन गर्दै प्राचार्य माला जिग्दल दोर्जीले विद्यालयको शैक्षिक वर्ष २०२१-२२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले वर्षको कार्य उपलब्धिबारे जानकारी गराइन्।
मुख्य अतिथि विधान सभाअध्यक्ष अरुण उप्रेतीले सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक र कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे। विद्यालयमा सबै क्षेत्रहरूमा उच्च संख्यामा प्रतिभाहरू छन् भन्दै पहिलेका वर्षहरूको तुलनामा शैक्षिक कार्यसम्पादनलाई मात्र प्राथमिकता दिइन्थ्यो, अहिले समय परिवर्तन भएको छ जुनसुकै विषयमा प्रतिभा भएका विद्यार्थीहरूले आफ्नो कला देखाउने अवसर पाएको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरे। उप्रेतीले विद्यार्थीहरुलाई फोहोर प्रबन्धनको सन्देश फैलाउन आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement