पाकिमका उद्योगहरूले सीएसआर अन्तर्गत एक- एक ग्राम पञ्चायतलाई अपनाउने

IMG_20221216_235825.jpg

गान्तोक: पाकिम जिल्लाअन्तर्गत रहेका उद्योग एकाईहरूले अब उसो जिल्लाको ग्राम पञ्चायतलाई संस्थागत सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रममा अपनाउने भएका छन्। यसबारेमा जिल्ला प्रशासन लगायत विभिन्न उद्योगका प्लान्ट प्रमुखहरुसंगको बैठक नाम्चेबुङका विधायक एम प्रसाद शर्माको अध्यक्षतामा आयोजना गरिएको छ। बैठकमा पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, पुलिस अधिक्षक कर्मा ग्याम्छो भोटिया, एडीएम अनुपा ताम्लिङ, एडीसी रविन सेवा तथा पाकिमका महकुमा प्रशासक नोग्र्ग्याल थिङ पनि उपस्थित थिए। बैठकमा निक्षय मित्र र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का विषयम छलफल भएको थियो। जिल्लापाल लेप्चाले प्रत्येक ठूला र मझौला उद्योगहरूले सीएसआर अन्तर्गत जिल्लाभित्र रहेका एक-एकवटा ग्राम पञ्चायत र सम्बन्धित उद्योगलाई ग्राम पञ्चायतमा पर्ने स्कूलहरू, पीएचएससी र आईसीडीएसको आवश्यकताहरू पूरा गर्न अपनाउनु पर्ने प्रस्ताव गरे उनको प्रस्तावलाई। उद्योग प्रमुखहरूले स्वीकार गरेका छन्।रोडाथाङ रम्फू र पाकिम रानीपुल सडकमा सडक सञ्जालको समस्या उद्योगहरुले उठाएका थिए। मर्मतको काम भइरहेको साथै यसको निम्ति सीमा सड़क संगठनलाई पनि रोडाथाङ रम्फू सडकलाई प्राथमिकतामा राखेर जति सक्दो चाँडो निर्माण गर्ने अनुरोध गरिएको जानकारी गराए। विधायक र एसपी, पाकिमले पनि सभालाई सम्बोधन गर्दै सुझाउहरू दिएको जानकारी प्रेस बयानमा उल्लेख छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *