ड्रग इन्ड्युस्ड स्लिप इण्डोस्कोपी ट्रिटमेनमार्फत राज्यमा पहिलोपटक विरामीहरूको गरियो सफल उपचार

IMG-20221216-WA0362.jpg

नाम्ची: एसकेएम पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले स्वास्थ्य क्षेत्रमा दैनन्दिन नौलो उपलब्धि हासिल गर्दै आइरहेको छ। यसै क्रममा नाम्ची जिल्ला अस्पतालका डाक्टरहरूले पहिलोपटक अत्यधिक घुर्नेहरूको ड्रग इन्ड्युस्ड स्लिप इण्डोस्कोपी ट्रिटमेन पद्धतिमार्फत उपचार गरेका छन्। यस्तो उपचार राज्यमा पहिलोपटक भएको छ। ईएनटी विशेषज्ञ डा. छिरिङ दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले यो उपचार सफलतापूर्वक गरेको छ। उक्त टोलीमा एनेस्थेटिस्ट डा. श्यामालदीप गुरुङ, स्टाफ नर्सहरू दावा डोमा भोटिया, सुसाङ लेप्चा अनि योजना छेत्री र ओटी प्राविधिक उत्तम राई रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement