जाली लाइसेन्सधारीविरूद्ध जीएमसीले एफआइआर गर्नेः मेयर छेत्री

IMG-20221216-WA0361.jpg

गान्तोक: गान्तोक नगर निगमले जाली लाइसेन्स लिएर दोकान चलाउनेहरूविरूद्ध कडा कारवाही गर्ने चेताउनी दिएको छ। आज देउरालीस्थित गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मेयरले उक्त चेताउनी दिएका हुन्। जाली लाइसेन्स लिएर दोकान चलाएकहरूविरूद्ध विभागले थानामा प्राथमिकी दर्ता गर्ने बताए। लाल बजारका धेरै जना व्यापारीहरूले अहिलेसम्म लाइसेन्स नविनीकरण समेत नगरेकोमा उनले चिन्ता व्यक्त गरे। तर आज उनीहरूले नै एडभोकेटको माध्यमद्वारा जीएमसीलाई नोटिस काटेकोमा मेयरले दुःख प्रकट गरे। सबै व्यापारीहरूलाई १० जनवरीसम्मको समय दिएको र त्यतिबेलासम्म विभागसमक्ष कागज पत्र बुझाउनु पर्ने निर्देश दिएको छ। उनले थप जानकारी गराए अनुसार समवन्धित निकायले जाली लाइसेन्स बनाएर दिएको र विभागबाट नै कतिपय भुल भएको कुरा उनले स्वीकारेका छन्। यदि जीएमसीलाई व्यापारीहरूले सहयोग नगरेको खण्डमा विभागले उचित कारवाही गर्न पछि नपर्ने पनि उनले बताएका छन्। उनले थप जानकारी गराए अनुसार पूर्व सरकारको कार्यकालमा हकर्सको लाइसेन्स हुनेहरूलाई ५-१० लाखसम्म दोकान बिक्री गरेको र ट्रेड लाइसेन्स हुनेहरूलाई ४०-५० लाखसम्ममा दोकान बिक्री गरेको प्रमाण आफूहरूसँग रहेको मेयरले दावी गरे। लाल बजारका ६० वटा दोकानले ५ लाख गरेर मेयरलाई दिएको बताउँदै यसमा लाल बजारका एक व्यापारी लाक्पा शेर्पाले मेडिटरको भूमिका निर्वाह गरेको आरोप लगाए। पूर्व सरकारले भोटको लागि सिक्किमेको अधिकार समेत पैसामा बिक्री गरेको उनले दावी गरे। सबै दोकानेहरूले सबै कागज पत्र राम्रोसँग राखेर दोकान चलाउनु पर्ने उनले आग्रह गरेका छन्। आगामी १० जनवरीसम्म कागज पत्र नबुझाउनेहरू विरूद्ध कारवाही गरिने बताए।यदि जाँचको समयमा कुनै प्रकारको अशान्ति उत्पन्न गर्न खोजेमा पुलिसबल प्रयोग गरिने समेत उनले जानकारी गराए। यस अवसरमा उपमेयर छिरिङ पाल्देन भोटियाले जीएमसीले शुरू गरेको यस अभियानलाई कसैले पनि राजनीतिकरण नगर्ने आग्रह गरेकी छन्। लाल बजार सरकारको सम्पति भएको कारण यसको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताउँदै यसलाई राम्रोसँग सञ्चालन गर्न जीएमसीले पहल शुरू गरेको बताइन्। यस अवसरमा पार्षद अशोक प्रसादले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *