लिलाकुमार गुरुङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20221216-WA0213.jpg

फरेस्टको मुद्दालाई पार लगाउनु नै हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका हौं: लिलाकुमार गुरुङ

कालेबुङ: हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन केन्द्रीय समितिका महासचिव लिलाकुमार गुरुङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनको नेतृत्वमा गोरूबथान खण्ड अन्तर्गत ४३ अनि ४४ नम्बर समष्टिबाट ६८ परिवार साथै कागे क्षेत्रबाट २० परिवारहरू पनि भागोप्रमोमा सामेल भएका छन्।
सामेल हुनेहरूलाई भागोप्रमो पार्टीका केन्द्रीय अध्यक्ष अनित थापा, कालेबुङका विधायक रुदेन सादा लेप्चा साथै अन्य नेतृत्वहरुले झण्डा थमाएर पार्टीमा स्वागत गरेका छन्।
पार्टी अध्यक्ष अनित थापाले आज पार्टीमा सामेल भएका लिला गुरुङलाई स्वागत गर्दै भने, “२००७ देखि नै लिला गुरुङ हामीसँग थिए। जमीनको मुद्दा भन्ने बितिक्कै हामी लिला भाइलाई याद गर्छौं। आजदेखि उनी आधिकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनले जमीनको मुद्दालाई सरकारसम्म पुर्याउने काम गर्नेछ।”
पार्टीमा आधिकारिक रूपमा सामेल भए पश्चात सम्बोधन राख्दै लिला गुरुङले भने, “काम गर्नु पर्ने धेरै इच्छा हुँदा हुँदै पनि नेतृत्वको कतिपय कदमले हाम्रो जमीनको मुद्दा अाधाकल्चो बन्यो। मैले यसै कारण गोर्खा जनमुक्ति मोर्चा त्याग्नु बाध्य बने। हाम्रो फरेस्टको मुद्दालाई पार लगाउनु नै हामीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने निर्णय लियौं।
भाजपा, तृणमूलमा संलग्न हुनु हुने साथीहरु आज छुट्टिएका छन्। उहाँहरू हामीसित भविष्यमा जोडिनुहुनेछ।”
स्मरण रहोस्,लिला कुमार गुरुङले गत नोभेम्बर महिनामा गोर्खा जनमुक्ति मोर्चालाई त्यागेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement